पुस २९, बैतडी | सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हसन थालेको हो । 

स्वास्थ्य निर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, बैतडी | सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हसन थालेको हो । 

स्वास्थ्य निर"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि

२०७८, २९ पुष बिहीबार १०:०७

पुस २९, बैतडी | सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हसन थालेको हो । 

स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार सुदूरपश्चिममा यो हप्ता दैनिकरुपमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमितमा अधिकांश भारतबाट घर फर्किने रहेका छन् ।  भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, जौलजीवी, गड्डाचौकी र गौरीफन्टा नाकाबाट हाल दैनिकरुपमा स्वदेश फर्किनेको सङ्ख्या बढ्दै गएको छ । ती नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ । 

नाकामा गरिएको परीक्षणमा बुधबार मात्रै भारतबाट फर्किएका १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार १४८, सोमबार ८८ र आइतबार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । भारतमा सङ्क्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको सङ््ख्या बढिरहेको छ । उनीहरुमध्ये अधिकांश सङ्क्रमित भइ घर फर्किने गरेको पाइएको छ । 

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतको प्रभाव यहाँ पनि परेको छ, सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा छ, खोप अभियानलाई तीव्र पार्नुका साथै नाकामा स्वास्थ्य जाँचमा जोड दिएका छौं ।”  

सीमा नाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिमार्फत  परीक्षणको काम भइरहेको छ । धेरैजसो सङ्क्रमित सिधँै घर जाँदा सङ्क्रमणको जोखिम बढ्दै गएको हो । होम आइसोलेशनमा बस्ने बाहानामा सङ्क्रमित सिघैँ घर जाँदा समुदायस्तरमा कोरोनाको जोखिम बढेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय तहले संस्थागत आइसोलेशन बनाउन चासो देखाएका छैनन्, होम आइसोलेशनमा बस्ने भन्दै सिधै सङ्क्रमित समुदायमै घुलमिल हुँदा जोखिम अत्यधिक छ ।” सुदूरपश्चिममा हालसम्म चार लाख ४४ हजार ७७६ जनाको कोरोना परीक्षण गरिएकामा ४९ हजार ४७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट हालसम्म प्रदेशमा ६१४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से