पुस २९, काठमाडौँ | पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण तीन हजार ५५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १५ हजार ८१ परीक्षण गर्दा तीन हजार ५५३ सङ्क्रमण पुष्टि भएको हो । पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, काठमाडौँ | पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण तीन हजार ५५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १५ हजार ८१ परीक्षण गर्दा तीन हजार ५५३ सङ्क्रमण पुष्टि भएको हो । पर"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ हजार परीक्षण गर्दा तीन हजार बढीमा सङ्क्रमण

२०७८, २९ पुष बिहीबार ११:२९

पुस २९, काठमाडौँ | पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण तीन हजार ५५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १५ हजार ८१ परीक्षण गर्दा तीन हजार ५५३ सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गराएकामध्ये २३.६ प्रतिशतलाई सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३४० पुगेको छ ।  

पछिल्लो समय थप २७१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १५ हजार ३४७ पुगेको छ । निको हुने दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा एक जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ६१० जनाको निधन भएकोे छ । ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, चितवन मकवानपुर, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।

शून्य सङ्क्रमित भएका जिल्लामा मुगु मात्र छ । नेपालमा सङ्क्रमण दर १६.९ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा १३  हजार ५०३, संस्थागत आइसोलेशनमा ८३७ आइसियूमा ११० र भेन्टिलेटरमा २५ जनाको उपचार हुँदैछ । 

तीन लाख बढीले खोप लगाए

विगत २४ घण्टामा तीन लाख ५६ हजार चार जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ५४ लाख ६४ हजार ३३५ जना र पूर्ण मात्रा एक करोड १६ लाख ९१ हजार ३९३ जनाले लगाइसकेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से