२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सफाइकर्मीका लागि स्वास्थ्य केन्द्र सञ्चालनमा

३० पुष २०७८, शुक्रबार १०:५८

पुस ३०, काठमाडौँ  | काठमाडौँ महानगरपालिका–१९ मा सफाइकर्मीहरुलाई सहज होस् भन्ने उद्देश्यले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा आएको छ । 

कामपा र फ्रान्सको मेड्सा डू मोन्डको आर्थिक साझेदारीमा साबिकको स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर ओपिडी सेवासहितको केन्द्र सञ्चालनमा ल्याइएको हो । उक्त सेवा बिहीबारदेखि सञ्चालनमा आएको छ । सहरी समुदायको स्वास्थ्यमा अनौपचारिक क्षेत्रका सफाइकर्मीलाई पहुँच बढाउन स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका रुपमा स्तरोन्नति गरिएको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।  

केन्द्रमा एक डाक्टर, एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्ट, एक ल्याब असिस्टेन्ट र एक कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ । प्रवक्ता डङ्गोलले केन्द्र सञ्चालनका लागि समन्वय समिति तथा रणनीतिक र व्यवस्थापन समिति गठन गरिएको बताउनुभयो । क्लिनिकमा ओपिडी सेवा र औषधि निःशुल्क हुनेछ । प्रयोगशाला सेवा भने सहुलियत शुल्कमा उपलब्ध हुनेछ । यसमा पनि सरसफाइजस्तो जोखिममा काम गर्ने व्यक्तिहरुका लागि थप छुटको व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य