माघ ४, चितवन | जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, चितवन | जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्र"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

जिल्लामा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

४ माघ २०७८, मंगलवार ०८:३२

माघ ४, चितवन | जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्रमित भएका हुन् । सङ्घीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालमा कार्यरत ३७ जना चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

हिजो सोमबारसम्म गरिएको परीक्षणमा ३७ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । तीमध्ये सातजना चिकित्सक २० जना स्वास्थ्यकर्मी र अन्य प्रशासनिक कर्मचारी रहेका छन् । चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना देखिएसँगै अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको छ । 

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा सङक्रमण बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाई आएको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यावश्यक नपरी अस्पताल नआउनुहोला । कर्मचारी कम हुँदा सेवामा दुरुस्तता नआउन सक्छ ।”

 यस्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत ४० जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोका अनुसार तीन जना चिकित्सक २२ जना नर्स, सातजना प्राविधिक र अन्य प्रशासनिक कर्मचारीमा सङ्क्रमण देखिएको हो ।

कोरोना सङ्क्रमण देखिएसँगै केही सेवामा असहजता आए पनि सेवा रोक्नुपर्ने अवस्था भने अझैसम्म नरहेको उहाँले बताउनुभयो । चितवन मेडिकल कलेजमा कार्यरत ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीका अनुसार १२ जना चिकित्सक, १४ जना नर्स र ४ जना अन्य कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

कोरोना सङ्क्रमण पुष्टि भएका सबै होम आइसोलेशनमा रहेका छन् । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा १० जना चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार ७ जना चिकित्सिक र तीन जना अन्य कर्मचारीमा कोरोना देखिएको हो ।

सङ्क्रमित चिकित्सव एवं स्वास्थ्यकर्मी होम आइसोलेशनमा रहेका छन् । चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित भए पनि स्वास्थ्य अवस्था भने सामान्य देखिएको छ । अधिकांश होम आईसोलेसनमा रहेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य