माघ ६, चितवन | पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो ।

अस्पता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, चितवन | पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो ।

अस्पता"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बकुलहर रत्ननगर अस्पतालमा पीसीआर परीक्षण सुरु

६ माघ २०७८, बिहीबार ०४:५७

माघ ६, चितवन | पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो ।

अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क परीक्षण गर्ने र लक्षण नदेखिएका अन्यप्रयोजनका लागि परीक्षण गराउन चाहेमा रु ७५० शुल्क निर्धारण गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार सरकारले कोरोना परीक्षणका लागि रु एक हजार शुल्क तोकेको छ । खर्च पुग्ने भएकाले कम शुल्कमा सेवा दिन लागिएको हो । 

अस्पतालमा दैनिक ९० जनासम्मको स्वाब सङ्कलन गरेर परीक्षण गर्नसक्ने क्षमता प्रयोगशालाको  रहेको बगालेले बताउनुभयो । पूर्वी चितवनबाट कोरोना परीक्षण गराउन भरतपुर नै पुग्नुपर्ने बाध्यतालाई यसले अन्त्य गर्ने विश्वास आफूहरूले लिएको डा बगालेको भनाइ छ । सो अस्पताल ५० शय्याको प्रदेशस्तरको अस्पताल हो ।

जिल्लामा यसअघि भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा गरी चार ठाउँमा पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य