माघ ६, चितवन | जिल्लामा रहेका दुई ठूला सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन् ।

यहाँको भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडको बिरामीको उपचार हुँद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, चितवन | जिल्लामा रहेका दुई ठूला सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन् ।

यहाँको भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडको बिरामीको उपचार हुँद"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सरकारी अस्पतालका स्वस्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

२०७८, ६ माघ बिहीबार १०:२८

माघ ६, चितवन | जिल्लामा रहेका दुई ठूला सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन् ।

यहाँको भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडको बिरामीको उपचार हुँदै आएका छन् । क्यान्सर अस्पतालमा यो समयमा न्यून बिरामी भए पनि भरतपुर अस्पतालमा भने नियमित बिरामी छन् । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार साउनयता जोखिम भत्ता उपलब्ध हुन सकेको छैन ।

सरकारले वैशाखबाट ६ महिनाका लागि तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । सोही अनुरुप पहिलो तीन महिनाको जोखिम भत्ता आएको भए पनि पछिल्लो समयको भत्ता नआएको उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पतालले हालसम्म रु ११ करोड ५० लाख सङ्घीय सरकारबाट प्राप्त जोखिम भत्ता वितरण गरिसकेको छ । सुरुवाती चरणमा अस्पताल विकास समितिले रु ६० लाख जोखिम भत्ता वितरण गरेको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई असारसम्मको जोखिम भत्ता वितरण गरिएको भए पनि त्यसयता निकासा हुन नसकेको बताउनुभयो । भरतपुर अस्पतालले नर्सिङ कार्यक्रममा कार्यरत कर्मचारी बाहेक सबैलाई जोखिम भत्ता तलबको ५० प्रतिशत दिएको थियो । उहाँले भन्नुभयो, “जोखिममा काम गर्नेलाई सुविधा दिनुपर्छ । निकासाका लागि अनुरोध गरेका छौं ।” विकास समितिले रकम थप गर्न परे तयार रहेको भन्दै उहाँले जोखिममा काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

भरतपुर अस्पतालमा रहेका कर्मचारीलाई मासिक रु दुई करोड २५ लाख बराबर तलब खर्च हुने गर्दछ । त्यसको आधा जोखिम भत्ता दिने गरिएको छ । क्यान्सर अस्पतालमा कोभिड वार्डमा कार्यरत चिकित्सक कर्मचारीले पनि साउनयता भत्ता पाएका छैनन् । अस्पतालमा साउन यता कोभिड वार्ड रहेपनि खासै बिरामी बसेको पाइएन । कहिलेकाहीँ बिरामी आउने भएकाले कर्मचारी भने खटिएको अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले गतसाल काम गर्नेलाई जोखिम भत्ता दिएको बताउनुभयो । झण्डै रु ३० लाख हाराहारी जोखिम भत्ता अस्पतालले वितरण गरेको जनाएको छ । गौतमले सरकारले भत्ता पठाएमा वितरण गर्ने बताउनुभयो ।

अब फेरि सङ्क्रमण बढेकाले पहिले काम गर्नेलाई भत्ता बाढ्न पाएमा काम लगाउन सहज हुने उहाँको भनाइ छ । निजी मेडिकल कलेज पनि कोभिडमा काम गर्नेलाई प्रोत्साहनस्वरुप जोखिम भत्ता वितरण गर्दै आएका छन् । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार त्यहाँ कोभिड वार्डमा काम गर्ने चिकित्सक कर्मचारीलाई दैनिक रु एक हजार भत्ता दिँइदै आएको छ । सङ्क्रमणस्थलमा काम गर्ने सबैलाई भत्ता दिइएको उहाँले जानकारी दिनुभयो ।

सरकार र निजीमा सङ्क्रमणमा काम गर्ने चिकित्सक कर्मचारीलाई जोखिम भत्ता दिन नसक्दा काममा लगाउन अप्ठयारो हुने प्रशासकले बताएका छन् । अस्पतालसँगै स्वास्थ्य केन्द्रमा पनि सङ्क्रमणमा काम गर्न चिकित्सक स्वास्थ्यकर्मी बाध्य छन् । पालिकाले पनि सङ्क्रमणमा काम गर्नेलाई भत्ता दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन