2026-09-07 07:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा समुदाय स्वास्थ्य संस्थाबाट सेवा लिनेको भिड

दान बहादुर बुढा | माघ ९, मुगु | कुनै बेला बिरामी पर्दा सिटामोल नपाईने बिरामी हुँदा स्वास्थ्यकर्मी र डाक्टर नभेटीने मुगु जिल्लाको पूर्वी भेगमा रहेको मुगमकामारेङ्ग गाँउपालिकाका नागरिक पछिल्लो समयमा सामुदायिक स्वास्थ्य संस्था रिउस वगरामाज नियमित डाक्टर बस्दा सेवा लिनेको संख्या भिड लाग्ने गरेको छ ।

छाँया नेपाल नामक संस्थाको आर्थिक सहयोगमा निमार्ण गरिएको समुदाय स्वास्थ्य भवन रिउसमा बिभिन्न संघ संस्था र स्थानिय सरकार मुगमकामारोङ्ग गाँउपालिकाको पहलमा एक जना  डाक्टरको दरबन्दि श्रृजना गरी नियमित रुपमा डाक्टर सेवा दिन थालेपछि मुगकामारोङ्ग गाँउपालिकामा रहेकोका माग्री, मह, ताखा, खारी कार्ती, किम्री, दाउरा, रिउस, पुलु, मुगु, डोल्फुका स्थानिय बासीहरु पालिकाबाट सहज रुपमा स्वास्थ्य सेवा पाउन थालेका हुन् ।

पालिका भित्र स्वास्थ्य संस्था छन्, स्वास्थ्य कर्मीको पनि राज्यले ब्यावस्था गरेको छ । तर नियमित स्वास्थ्यकर्मी नबस्ने, औषधी पनि नपाइने बिरामी हुँदा गमगढी बजार पुग्नुपर्ने की त निजी मेडीकलमा चर्को मुल्यमा औषधी खरीद गर्नुपर्ने हुन्थो, अव आफ्नै गाँउपालिकामा नियमित रुपमा डाक्टर बसेर औषधी उपचार सल्लाह पाउदा निकै राम्रो हुनाले औषधी गर्न आएको मुगमकामारोङ गाँउपालिका माग्री गाँउका नोसाङ्ग कार्मीले बताएका छन ।

‘बिकट हिमाली जिल्लामा आएर सेवा दिन पाउँदा निकै खुसी लागेको छ र यस क्षेत्रका जनताहरु सामान्य उपचारको लागी सल्लाह नपाएर निकै दु:ख पाएको महसुश गरेको छु । यस क्षेत्रमा आएको ३ महिना जति हुन लाग्यो, नियमित बिरामीहरु सेवा लिन आईरहेका छन् । मुख्य समस्या भनेको रुघा-खोकी, ज्वरो आउने, ग्यास्टीक, दम, हाडजोर्नि, बाथरोग लगाएत अन्य रोगका बिरामीहरु यहाँ उपचारको लागि आउने गरेका छन । सकेसम्म आफूले जानेको उपचार गर्न सक्ने सबै बिरामीहरु यहीबाट उपचार पाएर घर फर्कने गरेका छन् । यहाँ उपचार हुन नसक्ने बिरामीहरुलाई गमगढी जिल्ला अस्पतालसम्म जानको लागी सल्लाह दिने गरेको छु । तर अहिलेसम्म एक जनालाई मात्र रिफर गरिएको छ । औषधीको लागी गाँउपालिकामा माग गरिएको छ, केही औषधी आईसकेको छ भने केही आउन बाँकी रहेको छ । यो पालिकामा सबै बस्तीमा बस्ने जनजाति लामा बस्तीका मानिसहरु हुने हुँदा भाषाको समस्या हुने गरेको छ’ डाक्टर भबिन्द्र कार्कीले बताए ।

मुगुम कामारोङ्ग गाँउपालिकामा रहेका एक दर्जन स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्य सेवा दिईरहेको भएपनि पालिकामा रहेका जनताहरुको दु:खलाई मध्यनजर राख्दै पालिकाको र छाँया नेपालको आर्थिक सहयोगमा भवन निमार्ण गरिएको हो । समुदाय संस्थामा पालिकाको र अन्य संघ-सस्थाको सहयोगबाट एकजना डाक्टर अन्य ७ जना जती स्वास्थ्यकर्मीको  ब्यावस्था गर्दा स्वास्थ्य सेवा दिन निकै सहज भएको छ । पछिल्लो समयमा छाँया नेपाल र यूएमएन संस्थाले ल्यावको मेशिन र अन्य सामान उपलब्ध गराउदा केही भैतिक पूर्वधारको अभाव रहेको देखिन आएको छ । पालिकामा आर्थिक बजेट कम भएको हुँदा संघ-संस्थाहरुलाई भैतिक पूर्वधार निमार्णको गर्नको लागी आर्थिक सहयोग गरिदिनहुन अनुरोध गरिरहेको मुगमकामारोङ्ग गाँउपालिकाका अध्क्षय छिरीङ्ग क्याप्रने लामाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित