२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्याङ्गजा - SNJ

सेवा लिन खोप कार्ड अनिवार्य गरेसँगै खोप लगाउने बढे

२०७८, १० माघ सोमबार ०९:३७

माघ १०, वालिङ | स्याङ्जा जिल्लास्थित सेवा प्रदायक निकायमा आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेसँगै जिल्लामा खोप लगाउनेहरुको संख्या बढेको छ ।

जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा दुई दिन खोप अभियान सञ्चालन गरिएकामा अहिले तीनवटा स्वास्थ्य संस्थामा नियमित खोप अभियान जारी राखिएको स्वास्थ्य कार्यालयकी प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो । अहिले जिल्लावासीलाई पायक पर्ने गरी गल्याङ नगर अस्पताल, प्राथमिक अस्पताल वालिङ र शहरी स्वास्थ्य क्लीनिक पुतली बजार– १ मा नियमित खोप लगाउने  ब्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सेवाग्राहीलाई खोप कार्ड अनिवार्यसम्बन्धी सूचना पाए लगत्तै पहिला नलगाएका मानिस पनि खोप लगाउन स्वास्थ्य संस्थाहरुमा आउनेक्रम तुलनात्मकरुपमा बढेको प्रमुख शर्माको भनाइ थियो । खोप लगाउन डराउने, लगाएर के हुन्छ र ? भन्नेहरु अहिले सेवा नै नपाइने हो की भन्ने चिन्ताले पहिलो मात्रा खोप लगाउन अस्पताल आउने गरेका वालिङ नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।

“पहिला थोरै सङ्ख्यामा मानिस खोप लगाउन आउँथे” उहाँले भन्नुभयो, “खोप कार्ड अनिवार्य गरेसँगै अहिले दैनिक एकसयभन्दा धेरै मानिस कोभिड १९ को पहिलो मात्रा लगाउन आइरहेका छन् ।” प्राथमिक अस्पतालमा अहिले १२ वर्षदेखि माथिका सबैलाई बिदाको दिनबाहेक हरेक दिन पहिलो र दोस्रो मात्रा खोप नियमित लगाईदिने गरिएको उहाँले जानकारी दिनुभयो।

उता गल्याङ नगर अस्पतालमा पनि अहिले दैनिक १०० भन्दा बढी मानिस खोप लगाउन आउने गरेका अस्पताल प्रशासक थानापति न्यौपानेले बताउनुभयो । “खोप लगाउने  सकिन लाग्यो भन्ने भएको थियो”, प्रशासक न्यौपानेले भन्नुभयो, “तर डराएर नलगाएका, थाहा नपाएर नलगाएका, लगाएर के नै हुन्छ र भन्नेहरु अहिले नगरपालिका तथा अन्य कार्यालयमा सेवा लिन जाँदा नपाइएला भन्ने चिन्तले खोप लगाउन आएका छन् ।”

पहिला नै खोप किन लगाउनु भएन भनेर केहीलाई सोध्दा “गाउँतिरै बसिन्छ, बजारतिर खास्सै झरिन्न, यसै चलिराछ र चल्छ भन्ने जस्ता प्रतिक्रिया आउने गरेको थियो”, उहाँको भनाइ थियो । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणदर जिल्लामा बढ्दै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले सेवा प्रदायक निकायमा सेवा लिन आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गर्न निर्देशन दिएको थियो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, नेपाल सरकार गृह मनत्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकको निर्णयसँगै जिल्ला सुरक्षा समितिले  गत शुक्रबारदेखि सेवाग्राहीले अनिवार्य कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाण हेर्ने गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो । सेवा प्रदायक निकायमा सेवा लिन आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरिएसँगै खोप अभियान थप प्रभावकारी भएको उहाँको भनाइ थियो । सेवाग्राहीले खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य देखाउने व्यवस्थालाई कडाइका साथ लागू गर्नाका साथै सेवा प्रदायक निकायले आफ्नो हाताभित्र भएको खुल्ला स्थानको अधिकतम उपयोग गरी सकेसम्म खुल्ला स्थानबाट सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन