२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोप लगाइसकेपछि देखिन्छ यस्तो असर, के गर्ने-के नगर्ने ?

१४ माघ २०७८, शुक्रबार ०७:४३

कमल बिक्रम जिसी, माघ १४, काठमाडौँ | सरकारले कोरोनाविरुद्धको खोप प्रत्येक व्यक्तिका लागि अनिवार्य गरेको छ । सरकारले यो निर्देशन जारी गरेसंगै दैनिक रुपमा कोरोना विरुद्धको खोप लगाउने सख्या बढ्दै गएको छ । खोप तोकिएका स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क रुपमा दिइदैं आइरहेको छ । कोरोनाविरुद्धको खोपमा कोरोना भाइरसको स्पाइकविरुद्ध काम गर्ने तत्त्व (मेसेन्जर RNA ) हुन्छ । शरीरले यी स्पाइकका हानिरहित प्रतिलिपि बनाउँछ र हाम्रो रोग प्रतिरोधात्मक प्रणालीले यो प्रतिलिपिसँग जुध्ने अभ्यास गर्छ । परिणाम स्वरूप, हाम्रो प्रतिरोधात्मक प्रणालीले कोरोना भाइरस चिन्न थाल्छ र पछि कोरोना भाइरसको संक्रमण हुँदा उक्त भाइरससँग लड्छ र शरीरलाई सुरक्षित राख्छ । खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ । साथै, यो खोप लगाएपछि, तपाईंबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ ।

सरकारले कोरोना संक्रमित बढेसंगै सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेको छ । होटल, रेस्टुराँ, हल, रङ्गशाला, पार्क लगायतमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेको छ । साथै आन्तरिक उडानका लागि विमानस्थल प्रवेशका लागि पनि खोप कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरिएको छ ।

खोप लगाएपछि के के असरहरू देखिन सक्छन् ?

कोभिड–१९ खोप लगाएपछि केहि सामान्य असरहरू देखिन सक्छन्। यसका सामान्य असरहरूमा खोप लगाएको ठाँउमा सुन्निने, दुख्ने, टाउको दुख्ने, जाडो हुने, ज्वरो आउने, वाकवाक लाग्ने र जिउ दुख्ने आदि हुन सक्छ । यस्ता समान्य असरहरू बिस्तारै आफै ठिक भएर जान्छन्। हालसम्म अनुमति प्राप्त प्रयोगमा रहेका खोपहरू सुरक्षित र प्रभावकारी रहेको र खोपबाट कुनै गम्भिर र दिर्घकालिन असर हुने देखिएको छैन । खोप पश्चात कुनै अवाञ्छित घटना-कडा बिरामी भएमा तुरुन्त स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ ।

खोप लगाइसकेपछि के गर्ने, के नगर्ने ?

खोप लगाईसकेपछि रक्सी, चुरोट –रक्सी, चुरोटको सेवन नगर्ने जस्ले तपाईको रोग प्रतिरोध प्रणालीमा नकरात्मक असर गर्नुका साथै चुरोटको कारणले खोपबाट हुनसक्ने फाइदा नपाउन सकिन्छ । खोप लगाइसकेपछि स्वास्थ्य मापदण्डमा बेवास्ता नगर्ने । खोप लगाएपछि पनि संक्रमित हुन सक्छ । खोप लगाएपछि स्वास्थ्यमा सामान्य समस्याहरु देखिन सक्छ तर, यदि त्यस्तो समस्या देखिएमा वा जटिल हुँदै गएमा चिकित्सकको सल्लाह लिने ।

अति आवश्यक खोपहरु नछुटाउने–जीवन रक्षाको लागि अन्य आवश्यक खोपहरु पनि लगाउनु पर्ने अवस्थाहरु आउन सक्छ त्यस्तो बेला खोपहरु नछुटाउने ।कडा शारीरिक क्रियाकलाप नगर्ने– खोप लगाएको २, ३ दिन सम्म कडा शारीरिक क्रियाकलाप नगर्ने । प्रशस्त पानी पिउने स्वाथ्यकर खानेकुराहरू खाने र मज्जाले आराम गर्ने।

खोप कसले लगाउनु हुँदैन ?

हालसम्म खोप दिन मिल्ने समुह बाहेकका अन्यका लागि बृहत र बिस्तृत अध्ययन भै नसकेकोले गर्भवती महिला, बच्चालाई स्तनपान गराउने आमाहरू (सुत्केरी भएको ६ महिना सम्म), १५ बर्ष मुनिका बालबालिका (हाल कोभिशिल्ड खोप १८ बर्ष माथिका मात्र) र यस अघि कुनै खोप, औषधि वा अन्य बस्तुबाट कडा एलर्जि भएका व्यक्तिहरूलाई यो खोप दिइदैंन। साथै खोप लिने समयमा उच्च ज्वरो वा माथि उल्लेख भएका रोग बाहेक अन्य शिघ्र कडा खालको बिरामी भएमा खोप नदिने तर रोग निको भएपछि यदि खोप उपलब्ध भएमा खोप लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल युक्रेन वार्ता अन्योलमा गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ नेप्से परिसूचक नौ अङ्कले बढ्यो श्रीलङ्कामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस जापानमा ६.४ म्याग्निच्युडको भूकम्प