२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

खोप लगाउन दाङका विद्यालय सञ्चालन

१६ माघ २०७८, आईतवार ०७:३१

माघ १६, देउखुरी | कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यसाथ २१ गतेसम्मका लागि विद्यालय खुलेका हुन् ।

विद्यालय खुलेपछि भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिने भएको छ । घोराहीबाहेकका नौ पालिकाका बालबालिकालाई पहिलो मात्रा मोडर्ना खोप लगाइने र घोराहीमा दोस्रो मात्रा तथा यसअघि छुटेका बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिनुभयो । 

यसअघि गत पुस २० देिख २६ गतेसम्म घोराहीका २२ हजार ४५५ बालबालिकालाई मोडर्ना खोप लगाइएको थियो । घोराहीका बालबालिकालाई दोस्रो मात्रा र त्यतिबेला छुटेका बालबालिकालाई पहिलो मात्रा दिइने प्रमुख शाहीले जानकारी दिनुभयो । 

घोराहीबाहेकका अन्य पालिकामा भने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि यसअघि खोप अभियान चलाइएको छैन । माघ ४ गते गृह, स्वास्थ्य, शिक्षा तथा सुरक्षा निकायका पदाधिकारीको बैठकले माघ १६ गतेदेखि २० गतेसम्म खोप लगाउन विद्यालय खुला गर्ने र खोप अभियान चलाउने निर्णय गरेको थियो । 

दाङमा अहिलेसम्म ८८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार पहिलो डोज खोप लगाउने ८८ प्रतिशत र दोस्रो डोज लगाउने ६१ प्रतिशत छन् ।

स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत मेघराज पौडेलका अनुसार पहिलो डोज लगाउने तीन लाख ५० हजार ५२७ जना र दोस्रो डोज लगाउने दुई लाख ६७ हजार ६३३ जना रहेका छन् । घोराहीमा एक लाख २८ हजार ११ जनाले पहिलो र ९३ हजार ४३० जनाले दोस्रो डोज खोप लगाएका छन् । त्यसैगरी तुलसीपुरमा ९७ हजार २२३ जनाले पहिलो र ७१ हजार ९८० जनाले दोस्रो डोज खोप लगाएको अधिकृत पौडेलले जानकारी दिनुभयो ।

लमहीमा ३० हजार ६८५ जनाले पहिलो र २६ हजार २३८ जनाले दोस्रो डोज लगाएका छन् । यसैगरी बङ्गलाचुलीमा आठ हजार ८८५ जनाले पहिलो र सात हजार २०१ जनाले दोस्रो डोज खोप लगाएको तथ्याङ्क छ ।

बबईमा १४ हजार ३९५ जनाले पहिलो र १० हजार २४४ जनाले दोस्रो, शान्तिनगरमा १४ हजार ८८४ जनाले पहिलो र नौ हजार ७७३ जनाले दोस्रो, दङ्गीशरणमा ११ हजार ६३६ जनाले पहिलो र नौ हजार दुई जनाले दोस्रो डोज खोप लगाएका छन् ।

राप्तीमा २२ हजार ५०० ले पहिलो र २० हजार ४५२ जनाले दोस्रो, गढवामा २० हजार १०२ जनाले पहिलो र १३ हजार ७४७ जनाले दोस्रो र राजपुरमा १२ हजार ७९९ जनाले पहिलो र पाँच हजार ५६६ जनाले दोस्रो डोज खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला