८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

विद्यालयमा खोप लगाउन थालियो

१७ माघ २०७८, सोमबार ११:१९

माघ १७, झापा | जिल्लाका विभिन्न विद्यालयमा आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । दुई हप्ताअघि कोभिड–१९ का कारण बन्द भएका विद्यालय खोप लगाउनका लागि आजदेखि २० गतेसम्म सञ्चालनमा ल्याइएको छ । 

जिल्लाका ३६० सामुदायिकसहित झण्डै ७५० विद्यालयका विद्यार्थीलाई फाइजर खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।  पालिकाहरुमा एक लाख १० हजार डोज खोप पठाइएको स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुईँटेलले जानकारी दिनुभयो । 

मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीका अनुसार नगरमा २३ खोप केन्द्र तोकिएको छ । जिल्लाका विभिन्न स्थानमा दुवै खोप लगाएका व्यक्तिलाई बुस्टर डोज दिन थालिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र सरकारी अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता गणतन्त्रलाई संस्थागत गर्न राससको महत्वपूर्ण भूमिकाः अध्यक्ष दाहाल शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही काठमाडौँको बूढानीलकण्ठमा एक पुरुषको शव फेला