२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दी कुष्ठरोगका जोखिममा : यसवर्ष ६ नयाँ रोगी भेटिए

२०७८, १८ माघ मंगलवार ०७:३६

माघ १८, गलेश्वर | म्याग्दी जिल्ला कुष्ठरोगका जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष जिल्लामा ६ नयाँ कुष्ठरोगी भेटिएका छन् । 

६९औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसका अवसरमा बेनीमा हालै आयोजित कार्यक्रममा गत वर्षका नियमित औषधि सेवन गर्ने तीन र यस वर्ष नयाँ ६ जना गरी नौजना कुष्ठरोगी पहिचान गरिएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले जानकारी दिनुभयो ।   

जिल्लामा हाल औषधि सेवन गरेका रोगीमा बेनी नगरपालिकामा तीन, रघुगङ्गा , मालिका  र अन्नपूर्ण गाउँपालिकामा एक/एकजना  छन् । गत आवमा एकभन्दा बढी कुष्ठरोगी भएको देशैभरका ११ जिल्लामा म्याग्दीसमेत परेको छ । जिल्लमा अन्य पालिकाको तुलनामा बेनी  उच्च जोखिममा रहेको पाइएको छ । गत आवमा निको भएका नौजना बिरामी नै बेनीको रहेको सुपरभाइजर सुवेदीको भनाइ छ । 

जिल्लामा भेटिएका रोगीको सङ्ख्याका आधारमा गण्डकी प्रदेशभित्र कुष्ठरोगका धेरै बिरामी भएको जिल्लामा पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रदेशमा १० हजार जनसङ्ख्यामध्ये उपचारमा रहेका जिल्लामा सबैभन्दा धेरै १ दशमलव १८ रहेको तथ्याङ्कले देखाएको छ । त्यस्तै प्रदेशमै प्रतिएक लाख जनसङ्ख्यामा पत्ता लागेको नयाँ बिरामी दरमा म्याग्दी ६ दशमलव ३३ छ । म्याग्दीका जनस्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले एक प्रतिशतभन्दा माथि कुष्ठरोगी भएको जिल्लालाई जोखिममा राखिएको बताउनुभयो । प्रत्यक्ष उपचार नगराएसम्म रोग निको नहुने भएकाले कुष्ठरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउनसमेत उहाँले अनुरोध गर्नुभयो ।

समाजमा बहिष्कृत हुने त्रासले अझै ग्रामीण क्षेत्रमा रोग लुकाउने गरिएको बताउँदै जिल्लाका सबै स्थानीय तहमार्फत कुष्ठरोगबारे जनचेतनामूलक कार्यक्रमसहितका अभियान सञ्चालन गर्न आवश्यक रहेको छ । कतिपय रोगीले सामाजिक बहिष्कार र वंशानुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको स्वास्थ्यकर्मीको भनाइ छ । यसैबीच जिल्ला गत वर्ष एडिस जातको लामखुट्टेको टोकाइबाट सङ्क्रमण फैलिने डेङ्गुका २००, यस वर्ष ४० जना बिरामी र किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमणबाट गत वर्ष ५० र यसबर्ष १४ जना पोजेटिभको उपचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन