२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दी कुष्ठरोगका जोखिममा : यसवर्ष ६ नयाँ रोगी भेटिए

१८ माघ २०७८, मंगलवार ०७:३६

माघ १८, गलेश्वर | म्याग्दी जिल्ला कुष्ठरोगका जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष जिल्लामा ६ नयाँ कुष्ठरोगी भेटिएका छन् । 

६९औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसका अवसरमा बेनीमा हालै आयोजित कार्यक्रममा गत वर्षका नियमित औषधि सेवन गर्ने तीन र यस वर्ष नयाँ ६ जना गरी नौजना कुष्ठरोगी पहिचान गरिएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले जानकारी दिनुभयो ।   

जिल्लामा हाल औषधि सेवन गरेका रोगीमा बेनी नगरपालिकामा तीन, रघुगङ्गा , मालिका  र अन्नपूर्ण गाउँपालिकामा एक/एकजना  छन् । गत आवमा एकभन्दा बढी कुष्ठरोगी भएको देशैभरका ११ जिल्लामा म्याग्दीसमेत परेको छ । जिल्लमा अन्य पालिकाको तुलनामा बेनी  उच्च जोखिममा रहेको पाइएको छ । गत आवमा निको भएका नौजना बिरामी नै बेनीको रहेको सुपरभाइजर सुवेदीको भनाइ छ । 

जिल्लामा भेटिएका रोगीको सङ्ख्याका आधारमा गण्डकी प्रदेशभित्र कुष्ठरोगका धेरै बिरामी भएको जिल्लामा पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रदेशमा १० हजार जनसङ्ख्यामध्ये उपचारमा रहेका जिल्लामा सबैभन्दा धेरै १ दशमलव १८ रहेको तथ्याङ्कले देखाएको छ । त्यस्तै प्रदेशमै प्रतिएक लाख जनसङ्ख्यामा पत्ता लागेको नयाँ बिरामी दरमा म्याग्दी ६ दशमलव ३३ छ । म्याग्दीका जनस्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले एक प्रतिशतभन्दा माथि कुष्ठरोगी भएको जिल्लालाई जोखिममा राखिएको बताउनुभयो । प्रत्यक्ष उपचार नगराएसम्म रोग निको नहुने भएकाले कुष्ठरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउनसमेत उहाँले अनुरोध गर्नुभयो ।

समाजमा बहिष्कृत हुने त्रासले अझै ग्रामीण क्षेत्रमा रोग लुकाउने गरिएको बताउँदै जिल्लाका सबै स्थानीय तहमार्फत कुष्ठरोगबारे जनचेतनामूलक कार्यक्रमसहितका अभियान सञ्चालन गर्न आवश्यक रहेको छ । कतिपय रोगीले सामाजिक बहिष्कार र वंशानुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको स्वास्थ्यकर्मीको भनाइ छ । यसैबीच जिल्ला गत वर्ष एडिस जातको लामखुट्टेको टोकाइबाट सङ्क्रमण फैलिने डेङ्गुका २००, यस वर्ष ४० जना बिरामी र किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमणबाट गत वर्ष ५० र यसबर्ष १४ जना पोजेटिभको उपचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान