२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका एकजना कोरोना सङक्रमितको उपचारका क्रममा मृत्यु

२० माघ २०७८, बिहीबार ११:१४

माघ २०, दाङ | पश्चिम दाङका एकजना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ निवासी ८० वर्षीय एक पुरुष रहेका छन् । गत माघ १६ गते पिसिआर परीक्षण गर्दा उहाँलाई सङ्क्रमण भएको पुष्टि भएपछि बाँकेमा उपचारको लागि लगिएको थियो । 

उहाँको गएराति १२ बजे उपचारका क्रममा  मृत्यु भएको  बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । यसैबीच बितेको २४ घण्टामा जिल्लामा ६४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । २५० जनाको एन्टिजेन  परीक्षण गर्दा ५९ र १० जनाको पीसिआर परीक्षण गर्दा पाँच गरी ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको  जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

हाल जिल्लामा सक्रिय सङक्रमितको सङ्ख्या ३५४ रहेको र तीमध्ये ३४६ जना होम आइसोलेसनमा  र  आठ जनाको  तुलसीपुर र घोराहीका कोभिड अस्पतालको  सघन उपचार केन्द्रमा राखेर उपचार भइरहेको आपतकालीन केन्द्रले जनाएको छ । 

यसैबीच आज राप्ती प्रादेशिक अस्पतालमा यसअघि विभिन्न कारणले छुटेका १८ वर्ष माथिकालाई कोरोना विरुद्धको पहिलो खोप मात्रा लगाउन सुरु गरिएको सो अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी स्थायी समिति बैठक सकियो, के के एजेन्डा तय भए? सर्वेन्द्र खनालप्रति गोकुल बास्कोटाको कटाक्ष :आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए काठमाडौँको होटेलमा युवती मृत घटना : फरार युवक पनि झुन्डिएको अवस्थामा फेला आज आइतबार घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ करोबार? खराब मौसमका कारण जय ट्रफी क्रिकेट प्रभावित, टस पनि हुन सकेन दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास ‘स्थगित’ क्यालिफोर्नियामा भवनमा विमान ठोकिँदा २ जनाको मृत्यु, १८ घाइते लिथुआनिया पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ क्रिकेटर आरिफ शेखले गरे विवाह ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाको चेतावनी अस्ट्रेलिया जानुपूर्व बजारमा सामान किनेर फर्किंदै गर्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते सुशासनको लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड