२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ग्यास्ट्रिक’ के हो, कसरी हुन्छ र उपचार बिधि के हो ?

२०७८, २७ माघ बिहीबार ०६:३८

माघ २७, काठमाडौँ । भनिन्छ नि, झण्डै ८० प्रतिशत नेपालीहरुलाई ग्यास्टिक रोग त लागेको होला । के ग्यास्टिक समयमा खाना नखाएपछि अर्थात भोको बस्दा मात्र हुने रोग हो ? ग्यास्टिक का यी बिबिध कुराहरुको बारे यहा चर्चा गर्दैछौ।

ग्याष्टिक भनेको के हो ?

मेडिकल भाषामा ग्यास्ट्राइटिस भनेर चिनिने यो समस्यालाई साधारण बोलीचालीको भाषामा ग्यास्टिक भनिन्छ ।

हाम्रो शरीरमा खाना पचाउनका लागि शरीरभित्र विभिन्न प्रकारका पाचन रसहरुका हुन्छन । त्यससंगै हाइडोक्लोरिक एसिड भनिने एक खालको अम्ल पनि उत्पादन भइरहेको हुन्छ । जसको उत्दादन आमाशय भित्र हुन्छ ।

यसको काम खाना पचाउनलाई सहयोग गर्ने हो । साथै आमाशय भित्रका किटाणुहरुलाई मार्ने काम पनि गर्छ । उता आमासय भित्र हेलिकोव्याक्टर पाइलोरी भन्ने एक खाले किटाणुहरु हुन्छ । अम्ल र किटाणुबीचको तालमेल नमिल्दा ग्यास्टिक हुने गर्छ ।

ग्याष्टिक हुने अरु कारणहरु:

आमासयमै उत्पादन हुने अम्लबाट आमाशयलाई बचाउँन शरीरमा विभिन्न प्रकृयाहरु हुन्छन । जस्तैः आमाशयका भित्री सतहका कोषहरुले बाक्लो जेली जस्तो अर्धतरल पदार्थ म्युकस निकालिरहेको हुन्छ , जसले उक्त अम्लबाट आमाशयलाई बचाउने काम गरिरहेको हुन्छ ।

त्यस्तै सो अम्लको असरलाई कम गर्नको लागि बाइकारबोनेट एक प्रकारको छार पनि उत्पादन भइरहेको हुन्छ । यी ग्यास्ट्राइटिस गराउन सक्ने र त्यसबाट बचाउने प्रकृयाहरुको सन्तुलनमा गडबडीका कारण ग्याष्टिक हुने गर्छ । नेपालमा हेलिकोब्याक्टर पाइलोरी भन्ने किटाणुुको संक्रमण ग्यास्टिक रोग लाग्नुको मुख्य कारण भन्ने गरिन्छ ।

त्यस्तै धुम्रपानको, मानसिक तनाव, अनावश्यक औषधिको सेवनले पनि यो समस्या देखिन सक्छ । जस्तै हामीले टाउको दुखेर खाने सिटामोल, ब्रुफेन, ब्रुसेट जस्ता औषधि धेरै खाइयो भने पनि यो समस्या हुने प्रवल सम्भावना रहन्छ ।

साधारण लक्षण के हुन् ?

ग्यास्टिक भयो भने पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, वान्ता होला जस्तो हुने, खाना नरुच्ने , पेट ढुस्स फुलेको, भरिएको जस्तो हुन्छ । यो अम्ल धेरै बढेको बेलामा सहन नसकिने गरी पेट दुख्न सक्छ । ग्यास्टिक हुँदा कालो दिशा हुने तथा कहिलेकाही पेट तथा आमासयमा प्वाल परी त्यसको असरले मानिसको मृत्यु समेत हुनसक्छ ।

ग्यास्टिक समस्या कसरी थाह पाउने ?

साधारणतया यो रोग विरामीको समस्या सुनेर शरिरको जाँच गरेर नै पत्ता लाग्छ । त्यसको लागि इन्डोस्कोपी गर्नुको विकल्प छैन । लक्षणहरु जस्तै पेट पोल्ने, छाति पोल्ने, पेट फुलेको जस्तो हुने, खाना अरुची हुने आदी छन् र शरिर जाँचमा अरु खराबी देखिएनन् भने ग्यास्टिक हुन सक्छ ।

तर कहिलेकाही अरु रोगको लक्ष्ँण पनि यो संग मिल्न सक्छ । त्यसैले इन्डोस्कोपी जाँच गर्नुपर्छ । कहिलेकाही छाति पोल्ने र दुख्ने पनि हुन्छ यसले मुटुरोगका समस्या देखिएको हो कि भन्ने पनि हुन्छ । किनकी लक्षण लगभग समान हुन्छ । त्यतिवेला मुटुरोग सम्वन्धी जाँचहरु जस्तै इसिजी, मुटुका इन्जाइमहरुको जाँच गर्नुपर्छ ।

त्यस्तै कहिलेकाहीं पेटका अन्य रोगहरु जस्तै प्यान्क्रियाटिटिस , एपेन्डेसाइटिस, कोलेसिस्टाइटिस र पित्तथैलीको इन्फ्लामेसनले पनि यस्तै लक्षण देखाउछ । त्यसैले रगतका विभिन्न जाँचहरु, पेटको भिडियो एक्स–रे आदि गर्नुपर्ने हुन्छ ।

त्यस्तै हेलिकोब्याक्टर पाइलोरी किटाणुुले गर्दा भएको हो की भन्ने शंका लागेमा त्यस सम्बन्धि जाँचहरु पनि गर्न सकिन्छ ।

रोगबाट बच्न के गर्ने ?

साधारणतया ठिक समयमा खाना खाने, पेट खालि नराख्ने, चिल्लो, पिरो अमिलो धेरै नखाने, पानी प्रशस्त मात्रामा पिउने आदि गर्नाले यो रोगबाट बच्न सकिन्छ । रक्सी चुरोटको सेवन कम गर्ने, मानसिक चिन्ता कम लिने गर्नाले पनि यो समस्याबाट बच्न सकिन्छ ।

साथै दुखाइ कम गर्ने औषधिहरुको अनावश्यक र अत्यधिक सेवन गर्नुहुदैन । त्यसबाट समेत समस्या समाधान भएन भने नजिकको स्वास्थ्य केन्द्रमा जाने र सम्वन्धीत चिकित्सकसंग जाँच गराउने । किनकी यसको उपचारमा हेलचेक्रयाई भयो भने त्यसबाट अल्सर तथा क्यान्सर समेत हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा