२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले जितका लागि २३३ रनको लक्ष्य पायो

२७ फाल्गुन २०७८, शुक्रबार ११:००

फागुन २७, काठमाडौँ । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीलाई चौथो अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ ले जितका लागि २३३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको श्रीलङ्का संयुक्त–११ ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनायो । श्रीलङ्का संयुक्त–११ का लागि अनुक फ्रेर्नान्डोले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै सान्दुन विराक्कोडीले ४९ रन बनाए भने दिलसान मुनविराले १४, उपुल थरङ्गाले ३, थिसेरा परेराले ८, चमारा सिल्भाले ६, दिलरुवान परेराले १४, प्रसन्नाले १२, कुमारस्वामीले ३० तथा निमन्थाले १८ रनको योगदान गरे ।

बलिङतर्फ नेपालको दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान तीन/तीन विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे । त्यस्तै सन्दीप लामिछाने र आरिफ शेखले समान एक/एक विकेट लिए । यसअघि नेपालले खेलेको तीन अभ्यास खेलमा तीनै खेलमा विजयी भएको छ । नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलङ्काको नेभीलाई क्रमशः १११ रनले र ८९ रनले पराजित गरेको थियो । त्यस्तै तेस्रो अभ्यास खेलमा नेपालले श्रीलङ्काको पुलिसलाई १४४ रनले हराएको थियो । 

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न नेपाली क्रिकेट टोली यही फागुन ३० गते श्रीलङ्काबाट सिधै संयुक्त अरब इमिरेट्स (युएइ) जानेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य