२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज वैशाखकाे अन्तिम साेमबार, कस्ताे छ तपाईंकाे राशिफल ?

२०७९, २६ बैशाख सोमबार ०२:००

वैशाख २६, काठमाडाैं | २६ वैशाख २०७९, सोमबार । वैशाख महिनाको अन्तिम सोमबार । तद्नुसार मे महिनाको ९ तारिक २०२२ । आज बिहान सूर्योदय ५ः१८ मा भएकाे छ भने सूर्यास्त ६ः४२ मा हुनेछ ।

वैशाख शुक्लपक्ष अष्टमी, विष्टि करण, अश्लेष नक्षत्र, वृद्धि योग, चन्द्रमा कर्कट राशिमा छ । आज बिहान ७ः०० बजदेखि ८ः४० सम्मको समय राहुकाल छ भने, ११ः३४ देखि १२ः२७ सम्मको समय अभिजित मुहूर्त छ ।

आजका देवता सूर्य र ग्रहदेव बुध हुन् । सोमबारको दिन शिवालय र देवालय यात्रालाई शुभ मानिन्छ । सोमबार देवादिदेव शिवको प्रिय बार हो । आज समय निकालेर भएरपनि आफ्नो नजिकैको शिवालय मन्दिर यात्राले मनमा प्रसन्नता छाउने छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन अर्थलाभ योग रहेको छ । व्यापारव्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख प्राप्त हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । शिवालय यात्रा गर्नुहोला ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ । मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईंलाई शत्रुले समेत सम्मान गर्नेछन् । आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु शुभ मानिन्छ । तपाईंमाथि आरोप प्रत्यारोप लाग्न सक्छ ।   

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापारमा सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ ।  मानसम्मान मिल्नेछ । यात्राका अवसर आउन सक्छ । छोटो दुरीको यात्रा फलदायी हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : मनमा अशान्त र निराशा हटने छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता  हटने छ ।  आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने हानी हुनेछ । यात्रा गर्दा पनि अनेक समस्या आउनसक्छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ छ । सकारात्मक सोचको आवश्यकता छ ।   

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । सिंह राशिका पुरुष जातकका लागि स्त्री जातिको साथ र सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । सोचे अनुसारको काम हुनेछ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाले आजको दिन कसैसँग विवाद नगर्नु नै वेश हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन शुरु गरेको काम सफल हुनेछ । व्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने सम्भावना छ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । अनावश्यक यात्रा नगर्नहोला ।  आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ । आर्थिक बृद्धि हुने संभावना  छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । तपाईले प्राप्त गरेको धनलाई केही मात्रामा भएपनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिका जातकले आजको दिन सोचेको काममा बाधा हुनसक्छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा फाइदा हुनसक्छ । कसैको अहित हुने काम र कसैलाई हानी पुग्ने काम नगर्नु नै वेश हुनेछ । शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल