२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जहाज कुर्दाकुर्दै २३ वर्षीया सुत्केरी अंशुले गुमाइन् ज्यान

२४ पुष २०८०, मंगलवार ०९:२५

पुस २४, काठमाडौँ | नेपालगन्जको जहाज कुर्दाकुर्दै एक सुत्केरीको ज्यान गएको छ। जहाजको प्रतीक्षा गर्दागर्दै हुम्लाको ताजाकोट गाउँपालिका– ५ की २३ वर्षीया अंशु बुढाको ज्यान गएको छ। 

बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा सोमबार राति १० बजे बुढाको मृत्यु भएको हो।

गत पुस  १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिएपछि परिवारले थप उपचारका लागि मदना स्वास्थ्य संस्थामा लगेका थिए। 


सुत्केरी भएको ११ दिनपछि बुढाको स्वास्थ्यमा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको ससुरा जितबहादुर बुढाले जनाकारी दिए। 

जितबहादुरले भने, ‘सुत्केरी हुँदा बुहारी र नातिनीको अवस्था ठीकै थियो। एक्कासि बुहारीलाई ज्वरो आउने, टाउको दुख्ने समस्या देखियो। उपचारका लागि मदना स्वास्थ्यचौकी लगियो। त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज रेफर गरे।’ 

नेपालगन्जको जहाज नआएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरेको बुढाले बताए। कोल्टी प्राथमिक स्वास्थ्य  केन्द्रका डाक्टर रन्जित शाहका अनुसार उपचारका क्रममा सोमबार राति १० बजे उनको मृत्यु भएकाे हाे।  

डा. शाहले भने, ‘सुत्केरी अवस्थामा सामान्यतया अक्सिजनकाे मात्रा ९५ भन्दा माथि हुनुपर्छ। कोल्टी पुग्दा उनको अक्सिजन ४९ मात्रै थियो।’ 

दुर्गम क्षेत्रमा जोखिम परेका विपन्न समुदायका गर्भवती तथा सुत्केरी महिलाको समयमै हवाई उद्धार गर्न  राष्ट्रपति महिला उत्थान कार्यक्रम भए पनि पहुँच नपुगेपछि अकालमै बुढाले ज्यान गुमाइन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहने छ आजको मौसम ! सुस्त मनस्थितिकी किशोरीलाई बलात्कारको आरोपमा युवक पक्राउ सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० बढीको मृत्यु क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि… थानकोटमा युवतीमाथि चक्कु प्रहार: साउदीमा हुँदा पैसा पठाउँथे नेपाल फर्केपछि ‘बेवास्ता’ गरेपछि घटना लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो