जाजरकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, १४ जना घाइते

Posted on: 06 Aug, 2024

साउन २२, काठमाडौँ । जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

मंगलबार खंलगादेखि भेरी नगरपालिका-६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा भेरी नगरपालिका-६, गंगटियाका ३४ वर्षीय चालक मानबहादुर वलीको मृत्यु भएको हो । दुर्घटनामा एकै गाउँका १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जिप सडकबाट चार सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!