‘ट्वाइलेट एक दुःखद कथा’ आत्महत्या देखि पश्चताप सम्म (भिडियो हेर्नुहोस)

Posted on: 14 Apr, 2019

वैशाख १, झापा । ‘ट्वाइलेट एक दुःखद कथा’ को म्युजिक भिडियो युटुव मार्फत सावर्जनीक गरिएको छ । झापामा बनेको सो भिडियोमा सचेतना मुलक दुई वटा सन्देश देखाउन खोजिएको छ । 

कथामा घरमा सौचालय नहुँनुको पिडा र बढ्दो सामाजीक सञ्जालको दुरुपयोग गर्दै आएको प्रसंग देखाइएको छ । 

एक अर्ध नङ्गन युवतीको नुहाउँदै गरेको भिडियो सामाजिक संजालमा भाईरल बनाउने युटुवरकै कारण ति युवतीले आत्महत्या गरेको भिडियोमा देख्न सकिन्छ । 

 त्यस्तै घरमा शौचालय नहुँदा पारिवारीक रुपमा बढेको झगडाकै कारण बिछोड सम्म भएको अवस्था कथामा देख्न सकिन्छ । बिछोड पश्चात् खुल्ला रुपमा शौच गर्दाको पिडा र सोही पिडा युटुवरले सामाजीक सञ्जालमा भाईरल बनाएपछिको पश्चताप देखाउन खोजिएको छ । 


‘ट्वाइलेट एक दुःखद कथा’नाम दिएको सो भिडियोलाई मेचीनगर नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिले सहकार्यमा बनाइएको हो । 

घरमा श्रीमतीले शौचालय बनाउ भन्दा श्रीमानले नमाने पछि उनी घर छोडेर माईत जान्छिन् । श्रीमतिले छोडेर गएपछि एक्लै हुनुको पिडा सँगै बरालिएका श्रीमानले खुल्ला रुपमा शौच गर्दाको पिडा देखाइएको छ ।  खुल्ला शौच गर्दा सोही भिडियो युटुवरले भाईरल बनाएपछि उनले पश्चताप महसुस गर्छन् । उनी अन्तत् घरमा शौचालय बनाउनका लागी वडामा सिफारीस लिन गएको कथामा देखाउने प्रयास गरिएको छ । 

सिफारीस लिन गएका उनी बाहिर निस्कदा उनको आँखा केहीं युवाहरु युटुवमा ध्यान दिएर कुनै भिडियो हेर्दै गरेको देख्न पुग्छन् । जुन भिडियो आफ्नै बहिनीको भएर उनले थाहा पाउछन् । हतारमा घरमा पुग्दा बहिनी झन्डिएको कारुणीक दृश्य देख्छन् । यो पिडा भईरहँदा समेत युटुवर लाईभ गर्दै गरेको उनले देख्छन् । दुबैको आखा जुद्दछ । नजिकै रहेको बन्चरो लिएर उनले युटवरलाई खेदाउँछन् ।

खेदाउर्दै जादा जव बन्चरो प्रहार गर्न लाग्छन् । तव प्रहरी आएपछि युटुवरलाई पक्राउ गरी लगेपछि भिडियो समाप्त हुन्छ । घरमा शौचालय नहुनुको पिडालाई चित्रण गरी हास्य कलाकार तथा गायक श्रीकृष्ण लुईंटेल‘बोकेदारी’को आवाज तथा निर्देशनमा बनेकोसो भिडियोमा मुख्य कलाकार श्रीकृष्ण लुईंटेल (बोकेदारी), खगेन्द्र घिमिरे, मेरी राई, पुजा क्षेत्री अधिकारी, दुर्गा गिरी, एलिसा बुढाथोकी, बिष्णु गिरी, कृष्ण सुवेदी, पुस्कर गुरागाईँ लगायतले अभिनय गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!