४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

विजयनगरमा हुने मुशायरा (गजल) कार्यक्रममा प्रचण्डले सम्वोधन गर्ने

७ फाल्गुन २०७५, मंगलवार ११:०१

माधव बेल्वासे । फागुन ७, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा मुशायरा (गजल) कार्यक्रम हुने भएको छ । कार्यक्रमले विजयनगरको पहिचान राष्ट्र तथा अन्तराष्ट्रिय स्तर सम्म पुग्ने विश्वासले कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय तथा भारतिय कविहरुले मुशायरा गाउँने कार्यक्रमको रहेको छ ।मंगलवार पत्रकार सम्मेलन गरि यहि फागुन १० गते गाउँपालिकाको हरीबोध प्रा.वि.को प्राङ्गणमा कार्यक्रम हुने आयोजक विजयनगर गाउँपालिकाले जनाएको छ । 


मुशायरा (गजल) कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै नेपालका लागि भारतिय राजदुत मन्जीवसिंह पुरी, भारतिय पूर्व मन्त्री शिवपाल यादिव लगायत नेपाल शिर्ष नेताहरुको उक्त कार्यक्तममा सहभागीता रहने गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए ।

कपिलवस्तुको विजयनगर गाँउपालिकाले सवै तहवाट पछाडी परेकोले यस क्षेत्रमा राष्ट्रिय स्तरका व्यक्तिहरुलाई ल्याउन प्रयास गरेको उनले वताए।“मुशायरा कार्यक्रमले गाउँपालिकालाई परिचित गराउने छ,सवै धर्म जातजातीलाई समेटेर कार्यक्रम आयोजना भएको छ” थापाले भने ।

कार्यक्रमको लागी युवा,महिला विभिन्न राजनितिदल,शिक्षक लगाएत स्थानिय वुद्धीजिविहरु सग छलफल र समन्वय भइसकेको थापाले जनाए । अहिले कार्यक्रममा स्टेज निमार्ण,गेट निमार्ण लगाएतका कामहरु भइरहेको छ । कार्यक्रममा दशौं हजार दर्शक ल्याउने गरी तयारी भइरहेको उनले जनाए ।

मुशायरा कार्यक्रममा भारतका कवि जोहर कानपुरी, सोरभ जैन, सबिना अदिब, अनामिका अम्बर, डा.अनिल चौवे, रमेश बासुरी, विकास बौखर साथै नेपालका जाहिद अजाद लगाएतका कबिहरु रहने छन् । यस कवि मुशायरा सम्मेलन भव्य सभ्य रुपमा सम्पन्न गर्नको लागी सवैको सहयोग आवश्यक रहेको अध्यक्ष थापाले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले यस मुशायरा कार्यक्रमले दिर्घकालिन रुपमा जिल्लाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।गिरीले कार्यक्रमलाई सफल पार्न संचार माध्यमले सकारात्मक भुमीका खेल्नुपर्नेमा जोड दिए । त्यस्तै पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुषालले कार्यक्रम वारे आम नागरिकलाइ जानकारी दिन जिल्लाका सम्पुर्ण संचार माध्यमले प्रचार प्रसार गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ