कोरिया जान ७०० श्रमिकले मात्र दिए आवेदन

Posted on: 16 May, 2023

जेठ २, काठमाडौँ | रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण  कोरियामा  पानीजहाज  (सिप  बिल्डिङ)  निर्माणको  क्षेत्रमा  काम  गर्न  सात  सय  नेपाली  श्रमिकको आवेदन परेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यसअघि कोरिया जान रोस्टरमा परेकामध्येबाट एक हजार दुई सय माग गरेकामा सात सयको मात्रै आवेदन परेको हो ।

एचआरडी   कोरियाले   दक्षिण   कोरिया   पानीजहाज  निर्माण  क्षेत्रमा  काम  गर्न  तीन  हजार  नेपाली श्रमिकको माग गरेकामा एक हजार दुई सय यसअघि रोस्टरमा परेकामध्येबाट र एक हजार आठ सय जना नयाँ माग भनेको छ तर कोरिया जानका लागि यसअघि नै रोस्टममा परेकाबाट मागभन्दा पाँच सय कमको आवेदन परेकाले दुुई हजार तीन सय जना नयाँबाट आवेदन माग गरिने वैदेशिक रोजगार विभाग (इपिएस) शाखाले जनाएको छ । गोरखापत्रमा खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!