आइतबारदेखि वैदेशिक रोजगार बिभागको बुद्धनगरस्थित कार्यालय सारिदै

Posted on: 31 May, 2023

जेठ १७, काठमाडौँ । वैदेशिक रोजगार बिभागको बुद्धनगर स्थित कार्यालय आईतबारदेखि आंशिक रुपमा र असार १ देखि पूर्ण रुपमा ताहाचलमा सर्ने भएको छ । 

अहिले बसिरहेको ठाउँमा सानो भएकाले विभाग सर्न लागेको बिभागले सूचना जारी गर्दै जानकारी दिएको छ । बिभाग अब ताहाचल स्थित वैदेशिक रोजगारको कार्यालयमा सर्ने भएको हो । 

विभागमा दैनिक संयाैकाे संख्यामा सेवाग्राही आउने हुँदा हाल कार्यालय रहेको स्थानबाट सेवा दिन असहज भएको बिभागले बताउँदै आएको थियो । हाल बिभाग रहेको ठाउँमा पार्कीङको समेत समस्या छ ।  

वैदेशिक रोजगार सम्बद्ध निकायहरु तथा सेवाग्राहीहरुको समेत बाक्लो उपस्थिति रहने यस कार्यालयमा पछिल्लो समय ट्राफिक व्यवस्थापन समेत एकातर्फी भएपछि झनै समस्या छ । 

सेवाग्राही बस्ने ठाउँदेखि सेवा दिने कर्मचारी बस्ने ठाउँको समेत अभाव बिभागमा रहँदै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!