४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुवेत रोजगारमा गएका ४७ जना नेपाली युवाहरु समस्यामा, सम्बन्धित पक्ष गैरजिम्मेवार

२१ भाद्र २०८०, बिहीबार ११:३०

भदौ २१, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा बिभिन्न म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएर कुवेत पुगेका ४७ जना नेपालीहरुले आफूहरुलाई यथासक्य उद्धार गर्न पहल गरेका छन् । कुवेत स्थित 'ब्लु सी ट्रेडिङ को डब्लुएलएल' कम्पनीमा क्लिनर पदमा रोजगारीको लागि गएका युवाहरु एक महिनादेखि काम बिहिन र तलब बिहिन बन्दा समस्यामा परेका छन् । पीडितहरु तिनकुने स्थित बैभव ओभरसिज प्रालि र बसुन्धरास्थित गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालि मार्फत वैदेशिक रोजगारमा कुवेत पुगेका हुन् ।


पीडित युवाहरुका अनुसार उनिहरुले मासिक ८५ केडी तलब कमाई हुने रोजगारको लागि म्यानपावर तथा एजेन्टहरुलाई एक लाख ६० हजार देखि २ लाखसम्म बुझाएका थिए । कुवेतको राम्रो कम्पनी हो भन्दै म्यानपावरले पठाए पनि कुवेत पुगेपछि बिभिन्न नाममा पैसा काटेर मासिक १५/२० हजार पनि कमाउन हम्मेहम्मे परेको पीडितहरुले बताएका छन् । यसरी समस्या भोग्नेको संख्या सयौं छन् । पीडितहरुले काम पाएको अवस्थामा मासिक १२ देखि १८ हजारसम्म मात्र कमाएको बताएका छन् । म्यानपावरले पठाउँदा १२ घण्टा काम गरे १२० केडी र १६ घण्टा गरे १५० केडी कमाई हुन्छ भनि प्रलोभनमा पारेर वैदेशिक रोजगारमा पठाए पनि अधिकांशले भनेजस्तो ओभरटाईम पाउन नसकेको बताए । तर अहिले ओभरटाइम त परको कुरा कामविहीन बन्दा महिना दिनदेखि बिना तलब बस्नु परेको पीडितहरुको गुनाशो छ ।

पीडितहरु मध्ये चितवनका बद्रि तिमल्सिना भन्छन् – 'मैले कुवेत आउँदा तिनकुने स्थित बैभव ओभरसिज म्यानपावरलाई एक लाख ६० हजार बुझाएर आएको हुँ । अहिले समस्या पर्दा पैसा लिने म्यानपावरको मान्छेले मेरो फेसबुकनै ब्लक गरिदिएको छ । म्यानपावरलाई सम्पर्क गर्दा कम्पनीले काम दिन्छ भन्दै बसेको एक महिना भईसक्यो । काम लगाउन सकेन । खानको पैसा पनि दिदैन ।' पीडितहरुले उक्त कम्पनीबाट समस्यामा परेका सय भन्दा बढी नेपालीहरु आफ्नै प्रयासमा नेपाल फर्किसकेको जानकारी दिए । 

पीडितहरुको प्रतिनिधित्व गर्दै तिमल्सिना आफ्नो व्यक्तिगत समस्या बताउँछन् – '८ महिनामा मासिक १५/२० हजारको दरले पठाउँदा बल्ल-तल्ल ऋण तिरियो, अब त आफ्नो लागि पैसा बचाइएला भनेको कम्पनीले कन्ट्याक पाएन र हामी काम बिहिन बन्यौं । अब फेरी घरबाट पैसा मागेर नेपाल फर्किन पर्ने बाध्यता आयो ।'  

समस्यामा परेका युवाहरुले कुवेत स्थित नेपाली दुतावासमा आफ्नो समस्या जानकारी गराउँदा दुतवासले कम्पनीको कन्ट्याक टुटेर समस्या भएको भए यथासक्य नेपाल फर्किन सुझाव मात्र दिएको तर समस्यामा पार्ने कम्पनी र म्यानपावरसँग कुनै पहल नगरिदिएको बताए । पीडितहरुको आरोप छ 'दुतावास जिम्मेवार कुरा गर्दैन । दुतावास पनि कम्पनी र म्यानपावरको पक्षमा छन्, श्रमिकको पक्षमा छैनन् ।' 

यता पीडितहरुले आफ्नो समस्या समाधानको लागि पटक पटक पहल गर्दा म्यानपावरले पनि बिभिन्न बहाना बनाईरहेको बताएका छन् । 'म्यानपावरले बहाना मात्र बनाउँछ । कम्पनी जाउ, कुरा गरिदिएको छु, काम दिन्छ, भन्छन् । कम्पनी गयो, काम छैन, तिमीहरु नेपाल फर्क भन्छ ।' पिडितहरुको गुनाशो छ । 

पिडीतहरुले सम्बन्धित कम्पनीमा धेरै नेपालीहरु काम र तलब बिहिन बनेको कारण यथासक्य उद्दारको लागि नेपाल सरकारसँग अपिल गरेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ