४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

‘कन्सल्टेन्सी’लाई अध्ययनका नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध लगाउँछौँ : श्रममन्त्री भण्डारी

४ आश्विन २०८०, बिहीबार ११:०६

असोज ४, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्र(कन्सल्टेन्सी)हरूलाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिबन्ध लगाउने बताएका छन्। बिहीबार प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री भण्डारीले यस्तो बताएका हुन्।

उनले पछिल्लो समय वैदेशिक रोजगारीका लागि व्यक्तिगत र भिजिट भिसाको नाममा जानेहरूमा बढी विकृति देखिएको बताए। मेनपावरहरु भन्दा पनि कन्सल्टेन्सीहरूमार्फत अध्ययन र कलेजको नाममा विदेश पठाउने काम भइरहेको उनको भनाइ थियो। वैदेशिक रोजगार व्यवसायी संघमार्फत् वैदेशिक रोजगारीमा जानेहरूमा समस्या नभएको दाबी गर्दै उनले कन्सल्टेन्सीमार्फत विदेश जानेले समस्या भोगिरहेको बताए।


उनले कन्सल्टेन्सीहरूले वैदेशिक रोजगारीमा पठाउने श्रमिकको रेकर्ड सरकारसँग पनि नभएको बताए। त्यस्ता संस्थाहरुको कुनै उत्तरदायित्व नहुने भएको भन्दै सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले श्रम स्वीकृत लिएर मात्रै जानुपर्ने व्यवस्था प्रतिकूल हुनेगरी कन्सल्टेन्सीले गर्ने यस्तो कार्य रोक्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्ने तयारी रहेको बताए।

पछिल्लो समय ९९ प्रतिशत भिजिट भिसामा जाने महिला कामदारहरू समस्यामा रहेको उनको भनाइ थियो। घरेलु कामदारको विषयमा सरकारले रोके पनि जाने क्रम भने नरोकिएको पनि उनले बताए। घरेलु कामदार रोक्नको लागि समितिको निर्देशन आवश्यक रहेको भनाइ उनले राखेका थिए।

सरकारले सम्बन्धित मुलुकको अवस्था र सुरक्षाको मापदण्ड अपनाएर मात्रै घरेलु कामदार पठाउने निर्णय गरेको जानकारी उनले दिए। वैदेशिक रोजगारीमा जानेहरूलाई अनिवार्य रोजगारीमा जाने देशको भाषा र सीप तालिम दिएर मात्रै पठाउने व्यवस्था गरिने उनले बताए।

यसैगरी सरकारले वैदेशिक रोजगारीमा देखिएका वर्तमान समस्या समाधान गर्नेगरी काम गरिरहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ