४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

भर्खरै क्यानडा गएका आप्रवासीहरू सोचेजस्तो नभएपछि छिटो-छिटो त्यहाँबाट बाहिरिदै

१६ कार्तिक २०८०, बिहीबार ०२:५९

कात्तिक १६, (एजेन्सी) टोरन्टो । भर्खरै क्यानडा गएका आप्रवासीहरू छिटो-छिटो त्यहाँबाट बाहिरिइरहेका छन् । हालै सार्वजनिक भएको एउटा अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । विदेशीहरूलाई ल्याएर आर्थिक वृद्धिदर उकास्ने सरकारी नीतिमा यो प्रवृत्ति ठुलो खतराको रूपमा मडारिरहेको स्पष्ट देखिन्छ । 

सन् १९८० को दशकदेखि नै क्यानडा छाड्ने आप्रवासीहरूको सङ्ख्या बढ्दो छ । हालैका वर्षमा यो दर झनै बढेको छ । यसले नवआगन्तुकहरूले क्यानडा बसाई सरेर आउनुको फाइदा नदेखेको सङ्केत गरेको इन्स्टिच्युट फर क्यानेडियन सिटिजनशिप र कन्फ्रेन्स बोर्ड अफ क्यानडाले आप्रवासीबारे गरेको एउटा अध्ययनले देखाएको हो । मंगलबार सार्वजनिक भएको उक्त प्रतिवेदनले नवआगन्तुक आप्रवासीहरूको आशा र अपेक्षा पूरा गर्न क्यानडाले नसक्दा उत्पन्न हुन सक्ने जोखिमबारे उजागर गरेको छ । 


अहिले क्यानडामा घर छोइनसक्नु भएको छ, सहज रूपमा घर किन्न सक्ने अवस्था छैन । यस्तै स्वास्थ्य हेरचाह प्रणाली समस्याग्रस्त छ । अल्प रोजगारीलगायत समस्या पनि छन् । यस्तोमा आप्रवासीहरूबिच क्यानडा बसाइँप्रति देखिएको मोहभंगले जनसङ्ख्या वृद्धिमा एक पछि अर्को गर्दै बर्सेनि रेकर्ड बनाइरहेको देशमा स्थिति उल्टिन सक्ने चिन्ता बढाएको छ । प्रतिवेदन क्यानडाको बृहत्तर समाज र उसले नियन्त्रण गर्नै नसक्ने असफलताको झल्को भएको इन्स्टिच्युट फर क्यानेडियन सिटिजनशिपका प्रमुख कार्यकारी अधिकारी ड्यानियल बर्नहार्ड भन्छन् । आप्रवासीहरूले ‘भयो बस्दिन’ भन्दै क्यानडा छाडेर हिँडिरहनु क्यानडाको समृद्धिमै वास्तविक अस्तित्वको खतरा भएको बर्नहार्डको भनाइ छ । आफूहरू जाग्न अनि आप्रवासीहरूलाई टिकाइराख्न पहल गर्न जरुरी भएको उनको भनाइ छ । यस्तैगरी आप्रवासीहरु बाहिरिन थाले भने क्यानडा ठुलो समस्यामा फस्नेमा पनि उनले जोड दिएका थिए ।

वृद्ध जनसङ्ख्या बढ्दै गएर काम गर्ने उमेर समूहको जनसङ्ख्या खुम्चिन थालेपछि प्रधानमन्त्री जष्टिन ट्रुडोको सरकारले आवश्यक कर्मचारीको पूर्ति गर्न आप्रवासनको सहारा लिइरहेको छ । विदेशीहरूको आगमन बढ्न थालेपछि क्यानडामा हालैका वर्षमा जनसङ्ख्या पनि बढेको छ । तर सरकारको यो नीतिले घर अभावको विद्यमान समस्या झनै बढाएको अनि पूर्वाधार र स्वास्थ्य हेरचाह जस्ता सेवामा चाप बढाएको भन्दै सरकारको चर्को आलोचना पनि भइरहेको छ ।

प्रतिवेदनका अनुसार सन् २०१७ र सन् २०१९ मा क्यानडा छाडेर जाने आप्रवासीको वार्षिक दर बढेको देखाएको छ । ती दुई वर्षमा यो सङ्ख्या क्रमशः १ दशमलव १ प्रतिशत र १ दशमलव १८ प्रतिशत थियो । यो भनेको २० वर्षयताकै उच्च हो । सन् १९८२ पछि बर्सेनि क्यानडाले स्थायी बसोबास अनुमति दिएको औसत शून्य दशमलव ९ प्रतिशत मानिस पलायन भएको देखिन्छ । यो सङ्ख्या अहिले झट्ट हेर्दा धेरै होइन तर समय बढ्दै जाँदा यो सङ्ख्या बढेर २० प्रतिशतमाथि उक्लिने अनुमान गरिएको छ ।

क्यानडामा आप्रवासी कामदारहरूको सङ्ख्या उच्च भएको चिन्तामा आप्रवासन नीतिप्रति आम क्यानडाली नागरिकको समर्थन घटेको यही हप्ताको सुरुमा सार्वजनिक भएको एउटा सर्वेक्षणको प्रतिवेदनले देखाएको थियो ।

उता, नव आगन्तुकहरू क्यानडामा आफ्नो जिन्दगीप्रति खुसी छैनन् । अहिले विश्वभर नै विकसित देशबिच दक्ष कामदारलाई कसले तान्ने होड चलिरहेको छ । क्यानडामा बसाइँप्रति आप्रवासीहरूमा देखिएको निरुत्साहले क्यानडामा पिआर लिएर बस्न खोज्ने आप्रवासीको सङ्ख्या घटाउने देखिन्छ । सन् २००१ देखि सन् २०२१ को बिचमा क्यानडामा आएको १० वर्षभित्र नागरिकता लिने स्थायी बासिन्दाको अनुपात ४० प्रतिशतले घटेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ