पेट्रोल सुँघ्न मन पर्छ भने सावधान, पेट्रोलको गन्धले स्नायु प्रणालीलाई हानी पुर्‍याउँछ

Posted on: 19 Apr, 2023

वैशाख ६, काठमाडौँ | सन् २०२१ मा भारतस्थित झारखण्डको देवघर जिल्लामा एक युवकको शव उनको मोटरसाइकलमा भेटियो । युवकको शरीरमा कतै चोटको निशान थिएन, न त बिरामी देखिन्थे । आदित्य नाम गरेका युवकको शव बाइकमा बसिरहेको अवस्थामा भेटिएको थियो र उनको नाक मोटरसाइकलको ट्याङ्कीमा थियो । ट्याङ्कीको ढक्कन खुला थियो । चाबी हातमा थियो । युवकको मृत्यु कसरी भयो सुरुमा कसैले बुझ्न सकेनन् ।

प्रहरीले परिवारका सदस्यलाई बोलाएर अनुसन्धान गर्दा युवक लागु औषधको लतमा रहेको र नशाका लागि पेट्रोल सुँघ्ने गरेको थाहा भयो । घटनाका बेला पनि उनी पेट्रोलको  गन्ध सुँघिरहेका थिए । तर पेट्रोलको ग्यासमा भएको विषाक्त तत्त्वले उनलाई यस्तो असर गर्‍यो  कि उनको शरीरमा अक्सिजनको आपूर्ति बन्द भयो र उनको त्यही अवस्थामा मृत्यु भयो ।

तपाईंले सोचिरहनुभएको होला कि पेट्रोल सुँघ्नु कस्तो नशा हो र यो यति खतरनाक किन हुन्छ ? स्मरण रहोस्, यो एक प्रकारको लत हो । यसलाई अङ्ग्रेजीमा ‘पेट्रोल स्निफिङ’ भनिन्छ । थुप्रै अफ्रिकी देशमा यो लतले विकराल रूप लिइसकेको छ । मानिसहरूलाई लाग्छ कि यस्तो गर्नु साधारण हो । तर यसो गरेर मानिसहरू जानी नजानी एक खतरनाक लतको सिकार भइरहेका छन् ।

पेट्रोलको गन्धले सास रोक्न सक्छ । पेट्रोलले सिधै स्नायु प्रणालीलाई असर गर्छ जसका कारण दिमागसम्म अक्सिजनको आपूर्ति रोकिने गर्छ र मानिसको तुरुन्तै मृत्यु पनि हुनसक्छ ।

यस्तोमा मानिस पेट्रोल र अन्य अचम्मका चिज किन सुँघ्छन् र यसबाट कसरी जोगिने भन्ने बारे जानकारी लिऔँ । 

पेट्रोलको गन्धले स्नायु प्रणालीलाई हानी पुर्‍याउँछ, दिमागले सास फेर्न बिर्सन्छ

पेट्रोलको नजिक गएर सास फेरेमा पेट्रोलमा रहेको कार्बन मोनो अक्साइड फोक्सोमा प्रवेश गर्ने बित्तिकै असर सुरु गर्छ र स्नायु प्रणालीलाई कमजोर बनाउँछ । यदि यो ग्यास शरीरमा अत्यधिक मात्रामा प्रवेश गर्‍यो भने यसले सम्पूर्ण स्नायु प्रणालीलाई विफल बनाउन सक्छ । जसका कारण मानिसले सास फेर्न पनि बिर्सन्छ र शरीरमा अक्सिजनको कमी हुने गर्छ । यसैका कारण मृत्युसमेत हुने गर्छ । 

यस बाहेक पेट्रोल सुँघ्दा रिँगटा लाग्ने, डिप्रेसन, भोक नलाग्ने, दिसामा रगत आउने, चिडचिडेपन, अन्धोपन, बेहोस हुने, पेट दुख्ने जस्ता समस्या पनि हुन सक्छन् ।

एक पटक सुँघ्नु पनि खतरनाक

पेट्रोल सुँघ्नु एक प्रकारको रोग हो । बिरामीलाई बिस्तारै यसको लत लाग्छ । यदि कसैलाई पेट्रोलको गन्ध मिठो लाग्छ भने यसको अर्थ उनी कुनै न कुने स्तरमा पेट्रोल स्निफिङद्वारा ग्रस्त छन् । यस्तोमा उनीहरू पेट्रोलको लतमा पर्ने आशङ्का अत्यधिक हुन्छ । पेट्रोलमा भएको बेन्जिनको गन्ध मिठो हुन्छ जुन धेरै मानिसलाई मन पर्छ । तर थुप्रै अनुसन्धानले प्रमाणित गरिसकेको छ कि बेन्जिन फोक्सोमा गएपछि क्यान्सरको कारण बन्न सक्छ र मानिसलाई यसको लत लाग्न सक्छ ।

पैसाको बन्डल र गाडीको धुवाँको गन्ध पनि मानिसलाई मन पर्छ

पेट्रोलबाहेक अन्य यस्ता अचम्मका चिजहरू छन् जसको गन्ध मानिसलाई मन पर्छ । धेरै मानिसहरूलाई पुरानो नोटको बन्डलबाट आउने गन्ध त कतिलाई गाडीबाट निस्कने धुवाँका गन्ध पनि मन पर्छ ।

फिजिसियन डा. प्रशान्त कुमारका अनुसार कसैले यस्तो गर्नुको पछाडि शारीरिक र मनोवैज्ञानिक दुवै कारण हुनसक्छ । कति पटक पेट्रोल, धुवाँ वा कुनै पनि पुरानो चिजबाट निस्कने गन्धमा भएको ग्यासले मानिसको स्नायु प्रणालीलाई स्लो गरिदिन्छ । जसका कारण उनीहरूको दिमागले आनन्द महसुस गर्छ जबकि शरीरमा यसको खतरनाक असर हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!