अन्तत: रामजी रामले मुख्य परीक्षा पनि पास गरे

Posted on: 03 Jun, 2023

जेठ २०, काठमाडौँ । रौतहटको गढीमाई नगरपालिका–९ घर भएका रामजी रामले अन्तत: एनएमसीबाट परीक्षा उत्रिण गरि लाइसेन्स पाएका छन् । निकै संघर्षले एमबीबीएस पास गरेका उनले एनएमसीको परीक्षा समेत पास गरेसंगै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । 

एउटा दलित त्यसमा पनि गरिव व्यक्तिले कसरी एमबीबीएस पास गरेर एनएमसीको समेत परीक्षा पास गर्न सफल भयो भन्ने पात्र उनि हुन् । एमबीबीएस चौथो वर्षमा पुग्दा कलेजले अतिरिक्त शुल्क मागेर उनलाई हैरान पारेको उनको अनुभव छ । उनि परीक्षा दिने क्रमम शुल्क बुझाउन नसकेर परीक्षा हलबाट निकालिएका बिद्यार्थी हुन् । 

सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई नि:शुल्क पढाउने कार्यविधि बनाएको थियो । उनलाई नेसनल मेडिकल कलेजले परीक्षाको समयमा अवैध शुल्क मागेर फारम भर्न दिएको थिएन । जुन कुरा मिडियामा छाएका थिए । उनीहरुले परीक्षा दिन नपाएको विषय सञ्चारमाध्यममार्फत बाहिर आएपछि परीक्षामा सहभागी गराउनुपर्ने भन्दै चौतर्फी विरोध भएको थियो । त्यसपछि उनले परीक्षामा सामेल हुन पाएका थिए । 


चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ मा छात्रवृत्ति पाएका विद्यार्थीसँग परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला आदिमा खर्च लिन नपाइने उल्लेख छ । जसलाई तात्कालीन मन्त्रिपरिषदको सामाजिक विकास समितिको ०७२ भदौ ३१ गते बसेको बैठकले स्वीकार गरेको थियो ।

रामजीरामले सरकारी छात्रवृत्ति पाएका थिए । त्यसै छात्रवृत्तिको कारण रामजीरामलाई कुनै शुल्क लिन नपाउने भनि बिषय चर्चामा आयो । किनकी फि नतिरेको भन्दै एमबीबिएसको परीक्षा दिनबाटनै उनलाई बन्चित गरिएको थियो । चिकित्सा शिक्षा आयोगले ०७७ पुस २६ गते नेशनल मेडिकल कलेजलाई पत्राचार गर्दै रामजी रामको शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसकेको भन्दै परीक्षामा सामेल गराउन भनेको थियो । 

कलेजले कानुन विपरीत अतिरिक्त शुल्क मागेपछि रामजी लगायत छात्रवृत्तिमा अध्ययनरत अन्य विद्यार्थीले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यम मार्फत आवाज उठाएका थिए । त्यसै आवाजको प्रतिफल गत बर्ष उनले एमबीबीएस उत्तीर्ण गरे । 

उनले गत बर्ष भनेका थिए - ‘कागजी परीक्षा सकियो, चिकित्सक जीवनको मुख्य परीक्षा अब शुरु हुन्छ । पढेर मात्रै हैन अब परेर जान्नुपर्छ ।’  

अन्तत: उनले मुख्य परीक्षा पनि पास गरेका छन् । उनको डाक्टर बन्ने सपना सफल भएको छ । एउटा गरिव दलितले सरकारबाट छात्रवृत्ति पाएर पनि कलेजलाई पैसा नतिरेको भन्दै परीक्षाबाटै बन्चित गराइएको र त्यस समस्याबाट उठ्दै हिम्मत नहारी अगाडी बढ्दा उनि अन्तत: सफल भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!