४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

वीर अस्पतालका ७०० जनरल बेड आम सर्वसाधारणका लागि निःशुल्क

८ असार २०८०, शुक्रबार १२:४५

असार ८, काठमाडौँ | वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषदले वीरका ७०० वेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय गरेको हो ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल गरिबका लागि भन्दै उक्त निर्णय गरिएको बताए । यसअघि प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएको थियो । अबदेखि कोही पनि विरामीले बेडका लागि पैसा तिर्नुनपर्ने मन्त्री बस्नेतले बताए । 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने, ‘मैले हिजो राति नै न्याम्सको बैठक बोलाएर ७०० बेड निःशुल्क गर्न निर्देशन दिएको छु । आजैदेखि लागू हुनेगरी निर्णय भइसकेको छ ।’ बेड निःशुल्क गर्दा वीर अस्पताललाई वार्षिक ५ करोड भन्दा बढी रकम व्यवस्थापन गर्नुपर्ने देखिएको उक्त रकम सरकार र आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने मन्त्री बस्नेतले बताए ।  

अस्पतालको क्याबिन र आईसीयूमा भने शुल्क लाग्नेछ । सरकारले बिहिबार उपकुलपतिमा डा.भुपेन्द्र बस्नेत, रेक्टारमा डा.लोचन कार्की, रजिष्ट्रारमा डा.ज्ञानेन्द्र शाह र डिनमा डा.अशेष ढुंगानालाई नियुक्त गरेको थियो । नियुक्त पदाधिकारीहरुसँग मन्त्री बस्नेतले बिहीबार नै बैठक गरेका थिए । न्याम्स कार्यकारीको बैठकले उक्त निर्णय गराउन निर्देशन दिएका थिए । सोही आधारमा वीरले निःशुल्क गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ