४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

गरिब बिरामीलाई नि:शुल्क शय्या उपलब्ध नगराउने अस्पताल चल्न दिनौं: स्वास्थ्यमन्त्री बस्नेत

१८ असार २०८०, सोमबार १०:०५

असार १८, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब, असहाय र विपन्न बिरामीलाई अस्पतालहरूले नि:शुल्क शय्या उपलब्ध गराउन थालेको बताएका छन्।

वीर अस्पतालमा ७ सय, कोशी अस्पतालमा ३ सय ३०, कान्ति बाल अस्पतालमा २ सय ४८, ट्रमा सेन्टरमा १ सय ५०, शहिद गंगागाल राष्ट्रिय हृदय रोग केन्द्रमा ९० शय्या नि:शुल्क उपलब्ध गराउने मन्त्री बस्नेतको भनाइ छ।

‘अस्पतालहरूले सरकारसँग स्वीकृति लिँदा नै १० प्रतिशत शय्या नि:शुल्क उपलब्ध गराउने सहमति गरेका छन्, त्यसअनुसार गरिब, निमुखा, असहाय र विपन्नलाई अस्पतालले शय्या नि:शुल्क उपलब्ध गराउन सुरू गरिसकेका छन्,’ सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले भने।

२२ जिल्लाका विपन्न नागरिकले कार्ड देखाएर र अन्य जिल्लाले वडाको सिफारिस देखाएर अस्पतालहरूमा नि:शुल्क शय्या सुविधा लिन सक्ने स्वास्थ्य मन्त्री बस्नेतको भनाइ छ।

‘नि:शुल्क शय्या उपलब्ध नगराउने अस्पतालहरूलाई चल्न दिनौं, नवीकरण पनि हुँदैन,’ उनले भने, ‘कुनै अस्पतालले कार्यान्वयन गरेनन् भने खबर गर्नुहोला। म पनि अस्पतालहरू अनुगमन गर्दैछु।’

स्वास्थ्यमन्त्री बस्नेतका अनुसार थप संघीय सरकार मातहत रहेका अस्पतालमा पनि नि:शुल्क शैय्या उपलब्ध गराउनेबारे छलफल भइरहेको र प्रदेश सरकार मातहत अस्पतालमा पनि यो सेवाका सुरू गर्नेबारे छलफल अघि बढेको छ।

‘केही अस्पतालमा आर्थिक भार पर्न सक्छ, त्यसो भए स्वास्थ्य मन्त्रालयले ब्यहोर्छ,’ उनले भने, ‘गरिब र विपन्न भएकोले कसैले अब उपचार नपाएर मर्न पर्दैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ