४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

बागमती प्रदेशका १३ सरकारी अस्पतालमा ‘जनरल बेड’ भदौ १ बाट निः शुल्क

२९ श्रावण २०८०, सोमबार ०७:४४

साउन २९, हेटौँडा । बागमती प्रदेश सरकार अन्तरगतका १३ वटा सरकारी अस्पतालमा आगामी भदौ १ गतेबाट आईसीयु, एनआईसीयु र क्याबिन बाहेकका अन्य शय्याहरुमा बिरामीले निःशुल्क बस्न पाउने भएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको गत श्रावण २२ को मन्त्री स्तरीय निर्णयलाई कार्यान्वयन गर्न सबै १३ अस्पताललाई पत्राचार गरिएको छ ।

सरकारी अस्पतालमा सेवा लिन आउने बिरामीलाई आर्थिक भारको अवस्था सृजना नहोस् भन्ने उद्देश्यले निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भदौ १ गतेबाट १३ जिल्लामा रहेको आयुर्वेदिक अस्पतालबाट निःशुल्क फिजियोथेरापी सेवा पनि सञ्चालन गर्ने निर्णय गरेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका आयुर्वेद चिकित्सक डाक्टर रविन भुसालले बताए ।

मन्त्रालयले श्रावण २२ गते नै अर्को पनि निर्णय गर्दै प्रदेशका सबै नीजि तथा सामुदायिक अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गरी असहाय, अपाङ्ग वर्ग क र ख तथा विपन्न बेवारिसे बिरामीको उपचारको व्यवस्थापन गर्ने कामको पनि थालनी गर्ने जनाएको छ ।

सरकारी अस्पतालमा आम नागरिकको पहुँच स्थापनाको लागि प्रदेश सरकारले कार्यक्रमको सुरुवात गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ