२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४६ वर्षीय पुरुष पक्राउ

२८ बैशाख २०८१, शुक्रबार ११:४९

बैशाख २८, लमजुङ । १४ वर्षीया बालिकालाईलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मध्यनेपाल नगरपालिका-७ का ४६ वर्षीय नवराज घिमिरेलाई पक्राउ गरेको छ ।

सामान्य सुस्त मनस्थितिकी ती बालिकालाई घिमिरेले बिहीबार दिउँसो साढे ३ बजेतिरको समयमा जंगलमा एक्लै हिँडिरहेको बेला पछ्याएको र जबरजस्ती करणी गरेको आरोप छ । प्रहरीले घिमिरेलाई पक्राउ गरी शुक्रबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालेको जनाएको छ ।

घटनाबारे स्थानीयले थाहा पाएपछि उनी भागेको र राति ८ बजेतिर लुकिछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती बालिकाको स्वास्थ्य परीक्षण गरिसकिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले घिमिरेविरुद्ध जबरजस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ