बर्दियाको माटोमा नै जीवनको केही महत्वपूर्ण समय व्यतित गरी पछिल्लो समयमा बहुचर्चित उपन्यास “चीरहरण’ की लेखिका नीलम कार्की निहारिकालाई “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदी साहित्य सम्मान (२०७३) बाट सम्मानित गरिने भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बर्दियाको माटोमा नै जीवनको केही महत्वपूर्ण समय व्यतित गरी पछिल्लो समयमा बहुचर्चित उपन्यास “चीरहरण’ की लेखिका नीलम कार्की निहारिकालाई “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदी साहित्य सम्मान (२०७३) बाट सम्मानित गरिने भएको छ ।

१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

“कविगुरु” स्व. यज्ञप्रसाद सुवेदी साहित्य सम्मान निहारिकालाई

७ कार्तिक २०७३, आईतवार १७:०३

सास । कार्तिक ७, बर्दिया ।

बर्दियाको माटोमा नै जीवनको केही महत्वपूर्ण समय व्यतित गरी पछिल्लो समयमा बहुचर्चित उपन्यास “चीरहरण’ की लेखिका नीलम कार्की निहारिकालाई “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदी साहित्य सम्मान (२०७३) बाट सम्मानित गरिने भएको छ ।


पद्मश्री पुरस्कारबाट यो कृति सम्मानित भएपछि पछिल्लो समयमा निकै चर्चामा आउनुभएकी स्रष्टा नीलम कार्की निहारिका पछिल्लो समयमा अमेरीकामा बसोबास गरी नेपाली साहित्यको साधना र श्रीवृद्धिमा लाग्नुभएको छ । 

यसै वर्षदेखि धार्मिक, सामाजिक र साहित्यिक क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यका साथ बर्दियाली श्रष्टा “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदी को नामबाट हाल स्थापित रु. ५० हजारको अक्षय कोषबाट प्राप्त व्याजको रकमबाट यज्ञप्रसाद सुवेदी प्रतिष्ठानले निहारिकालाई सुवेदीको ७९औँ जन्मदिनको अवसरमा यही कार्तिक १२ गते पहिलोपटक यो सम्मान अर्पण गर्न लागेको आयोजक संस्था प्रतिष्ठान र कृष्णसार पाठक मञ्च बर्दियाले जनाएको छ । अक्षय कोषको रकम वृद्धि गर्दै लगिने प्रतिष्ठानका अध्यक्ष एवम् “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदीकी धर्मपत्नी भीमा सुवदीले बताउनुभयाे ।

सोही दिन “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदीको १३औँ कृति “कल्पना सङ्ग्ह भाग चार” को समेत लोकार्पण गरिने कार्यक्रम तय भएको मञ्चका संयोजक अयोध्याप्रसाद श्रीवास्तवले बताउनुभएको छ ।

गुलरिया स्थित मिरर होटलमा दिउसो १ बजे आयोजना गरिएको कार्यक्रममा बर्दिया तथा बाँके जिल्लाबाट विभिन्न विधामा कलम चलाउँदै आउनुभएका विभिन्न साहित्यिक व्यक्तित्वहरुको उपस्थिति हुने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी