2026-10-17 12:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रदेशस्तरीय खुला कविता प्रतियोगितामा अधिकारी प्रथम

काठमाडौँ । नवलपुरको गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानले आयोजनाको गरेको गण्डकी प्रदेशस्तरीय खुला कविता प्रतियोगिता–२०८२ मा तनहुँकी नारायणी अधिकारी प्रथम हुनुभएको छ । गण्डकी प्रदेशका ११ जिल्लाका ५१ प्रतियोगीलाई पछि पार्दै स्रष्टा अधिकारी प्रथम हुनुभएको हो ।
गणतन्त्र दिवसका अवसर पारेर बिहीबार गैँडाकोटमा आयोजना गरिएको प्रतियोगितामा प्रथम हुने अधिकारीलाई नगर प्रज्ञाप्रतिष्ठानले नगद रु १५ हजार नगरसहित पुरस्कृत गरेको छ । प्रतियोगितामा तनहुँकै रामलाल कुमाल दोस्रो हुँदै रु १२ हजार पुरस्कार हात पार्नुभयो ।
त्यस्तै, प्रतियोगितामा गोरखाका शून्य नयन तेस्रो हुँदै रु आठ हजार पुरस्कार हात पार्नुभएको नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रोत्साहन पुरस्कारस्वरुप रु पाँच हजार नवलपुरका सर्जक रामचन्द्र शर्माले प्राप्त गर्नुभयो ।
गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति विनोदीले प्रदेशभरिबाट प्राप्त ५२ वटा कवितामध्ये पहिलो चरणमा १२ वटा कविता छनोट गरी त्यसमध्ये चार जनालाई पुरस्कृत गरिएको बताउनुभयो । छनोटमा परेका १२ जना स्रष्टालाई आठ प्रज्ञाप्रतिष्ठानमा उपस्थित गराएर उनीहरुको वाचनशैली, हाउभाउ, शब्दसीमा, भाषा शैलीको आधारमा पुरस्कृत गरिएको विनोदीले जानकारी दिनुभयो ।
गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले नवलपुर क्षेत्र साहित्यको क्षेत्रमा उर्वर भूमि रहेको उल्लेख गर्दै जिल्लाले धेरै स्रष्टाहरु उत्पादन गरेको बताउनुभयो । प्रज्ञा प्रतिष्ठान स्थापनादेखि नै आफूहरुले विभिन्न कार्यक्रम गर्दै आएकामा आगामी वर्ष राष्ट्रियस्तरको खुला कविता वाचन प्रतियोगिता आयोजना गर्ने शर्माको भनाइ छ । प्रतियोगितामा स्रष्टाहरुले देशको सुन्दरता, अवसर र विदेसिनुपर्ने नेपालीको पीडा कवितामार्फत प्रस्तुत गरेका थिए ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु