६ असार २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रदेशस्तरीय खुला कविता प्रतियोगितामा अधिकारी प्रथम

१७ जेष्ठ २०८२, शुक्रबार १४:१७
काठमाडौँ । नवलपुरको गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानले आयोजनाको गरेको गण्डकी प्रदेशस्तरीय खुला कविता प्रतियोगिता–२०८२ मा तनहुँकी नारायणी अधिकारी प्रथम हुनुभएको छ । गण्डकी प्रदेशका ११ जिल्लाका ५१ प्रतियोगीलाई पछि पार्दै स्रष्टा अधिकारी प्रथम हुनुभएको हो ।
गणतन्त्र दिवसका अवसर पारेर बिहीबार गैँडाकोटमा आयोजना गरिएको प्रतियोगितामा प्रथम हुने अधिकारीलाई नगर प्रज्ञाप्रतिष्ठानले नगद रु १५ हजार नगरसहित पुरस्कृत गरेको छ । प्रतियोगितामा तनहुँकै रामलाल कुमाल दोस्रो हुँदै रु १२ हजार पुरस्कार हात पार्नुभयो ।
त्यस्तै, प्रतियोगितामा गोरखाका शून्य नयन तेस्रो हुँदै रु आठ हजार पुरस्कार हात पार्नुभएको नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रोत्साहन पुरस्कारस्वरुप रु पाँच हजार नवलपुरका सर्जक रामचन्द्र शर्माले प्राप्त गर्नुभयो ।
गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति विनोदीले प्रदेशभरिबाट प्राप्त ५२ वटा कवितामध्ये पहिलो चरणमा १२ वटा कविता छनोट गरी त्यसमध्ये चार जनालाई पुरस्कृत गरिएको बताउनुभयो । छनोटमा परेका १२ जना स्रष्टालाई आठ प्रज्ञाप्रतिष्ठानमा उपस्थित गराएर उनीहरुको वाचनशैली, हाउभाउ, शब्दसीमा, भाषा शैलीको आधारमा पुरस्कृत गरिएको विनोदीले जानकारी दिनुभयो ।
गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले नवलपुर क्षेत्र साहित्यको क्षेत्रमा उर्वर भूमि रहेको उल्लेख गर्दै जिल्लाले धेरै स्रष्टाहरु उत्पादन गरेको बताउनुभयो । प्रज्ञा प्रतिष्ठान स्थापनादेखि नै आफूहरुले विभिन्न कार्यक्रम गर्दै आएकामा आगामी वर्ष राष्ट्रियस्तरको खुला कविता वाचन प्रतियोगिता आयोजना गर्ने शर्माको भनाइ छ । प्रतियोगितामा स्रष्टाहरुले देशको सुन्दरता, अवसर र विदेसिनुपर्ने नेपालीको पीडा कवितामार्फत प्रस्तुत गरेका थिए ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह मुक्तककार ढुङ्गेलको ‘क्रमभङ्ग’ सार्वजनिक निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा टीआरसी कार्यालयको भाडाबाट प्रधानमन्त्री झस्किए, मासिक साढे ९ लाखभन्दा धेरै विपद् आउनुअघि तयारीमा ध्यान नदिने प्रवृत्ति अन्त्य गर्नुपर्ने : पुष्पकमल दाहाल आचरणको विषयमा प्रश्न उठेपछि सर्वोच्च अदालत तानिए न्यायाधीश पाण्डे नेपाल प्रहरीले लग्यो हैदराबाद प्रहरीलाई नियन्त्रणमा पेट्रोल र डिजेलको खपत घट्यो ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोका पक्राउ विनियोजन विधेयक सर्वसम्मतिले पारित इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीका लागि, परराष्ट्रमा २४ सै घण्टे हेल्प डेस्क इरान र इयुका शीर्ष कूटनीतिज्ञले आणविक वार्ता गर्ने नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री पत्रकारितालाई मर्यादित पेसा बनाउनुपर्ने : मुख्यमन्त्री शाह सेनेटरी प्याडको कर शुन्यमा झार्न सर्वोच्च अदालतको परमादेश बिपी राजमार्गमा १५ दिनसम्म राति गाडी चलाउन रोक