रतन धामी ।

समय र परिस्थितिले मानिसलाई संधैजसो एकैसाथ बुझ्ने मौकानै कहाँ दिन्छ र ? मानिसले गरेका हरेक कार्य पछि मात्र उसको जीवन जिउने तरिका र अवस्था परिवर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रतन धामी ।

समय र परिस्थितिले मानिसलाई संधैजसो एकैसाथ बुझ्ने मौकानै कहाँ दिन्छ र ? मानिसले गरेका हरेक कार्य पछि मात्र उसको जीवन जिउने तरिका र अवस्था परिवर्"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“म प्रेम गर्दिन विहे गर्छु”

४ पुष २०७३, सोमबार ०३:३४

रतन धामी ।

समय र परिस्थितिले मानिसलाई संधैजसो एकैसाथ बुझ्ने मौकानै कहाँ दिन्छ र ? मानिसले गरेका हरेक कार्य पछि मात्र उसको जीवन जिउने तरिका र अवस्था परिवर्तन हुन्छ । जहाँ हरेक दिनमा आउने विहानीको लालीकिरणसँगै जुरमुराएका कुटुट सम्बन्धहरू साँझपख क्षितिजमा घामले बिट मार्न नपाउँदै मौषमी विजहरू उम्रिन थाल्छन् । विहानीमा फक्राउने, दिउँसो ओइलाइदिने अनि साँझ पख सानो वतासको एक झोक्काले झराईदिन्छ । त्यहि समय सापेक्ष चल्ने गरेका सबैका दिनचर्यालाई नियाल्दै केहि समयलाई बुझ्ने मौकालाई पुर्णविराम लाग्न नदिन सम्भावित आउन सक्ने समस्याको खोजी गरी केहि गन्तब्य निर्धारण गर्दैछु ।

आँखाले र नाकले चाख्दा त मान्छे प्राय सबै रसबरी जस्तै गुलिया र परफ्युम जस्तै सुगन्धित हुन्छन् । तर नाता गुलियो र वास्नादार त त्यो बेला मात्र लाग्छ जसलाई मनले चाहन्छ र आत्माले स्विकार्छ । सबै गुलिया सुगन्धित हुदैनन्, र सुगन्धित सबै गुलिया पनि हुदैनन् । कुरा जे जस्तो भएपनि यथार्थमा सुगन्धित वास्नादार समन्ध नै असली जीवनको रसबरी हुन् । परिवर्तित यो समयमा कोसँग कसरी भेट हुन्छ र कोसँग कसरि सम्बन्धको विजारोपण हुन्छ भन्ने कुरा  सबै नसिवमै निर्धारित भएर  आउँछ । मानिस सँगको निकट्ता, आत्मियता र  प्रेम; सेकेण्डले नै निर्धारण गरि सक्छ । यहि भु-परिबेशमा हुर्किएको मान्छे यहाँका मान्छेका चरित्र पढ्नु अनि लेख्नु नै मेरा जीवनका डायरीहरू बनेका छन् ।

प्रेम र विहे एक अर्काका परिपुरक हुन । यहाँ विहे गर्नलाई प्रेमको जरुरी छ तर प्रेम नै नगरी विहे गर्न सकिन्न भन्ने कुरा पनि छैन । प्रेम विग्रेकाको लागी कानुन हो भने सज्जनको लागी कुलत हो । दार्शनिकले भने प्रेम ज्ञानको स्रोत हो । प्रेमले उनिहरूको गन्तव्य तर्फ फर्काउँछ । तर यहाँ मानिसका चक्रहरु त्यति सजिला गरि का घुम्छन !!  जिन्दगिका अनेकन मोडमा यात्रा गर्नुपर्छ जुन अवस्थामा अनगिन्ति मानिससँग भेट हुन्छ, मित्रता हुन्छ, मायाँ बस्छ र सम्बन्ध अगाडी बड्न खोज्छ, अक्सर त्यहि मान्छेसँग आफ्नै मिल्ने साथिको मन रुजेको भेटिन्छ । लामो समयसम्म चलिरहेको सम्बन्ध विस्तारै दुई मित्रता विच चिसोपनाको दरार पनि बढ्न जान्छ । र अन्त्यमा उनिहरू नै एक अर्काका दुश्मन हुन्छन् । जीवन जीउने दौतरीका लागी खोजी नगरेको पनि होईन र नपाएको पनि होईन तर समस्या त्यहि हो !

चुईङगम लामो समयसम्म चपाई राख्दा बंगारा र कञ्चढलाई पिडा दिन्छ नि ! त्यसैगरि विहे पुर्व कुनैपनि सम्बन्ध खुलेआम लामो समयसम्म चल्न जान्छ भने त्यसमा त्यति नै लामो खालका मानसिक समस्याहरु दिईरहन्छ, जसका कारणले डिप्रेशनको असर देखिन्छ । प्रेमको अन्त्य विवाह हो, तर विवाह नै पुर्ण अन्त्य होइन । मित्रतालाई संधै सक्रिय राख्न व्यक्ति निकट निष्क्रिय राख्नु पर्छ भन्ने मान्यतालाई मेरो मन-मस्तिष्क र नाडीले स्विकार्यको छ । तर व्यक्ति निकट रहेपछि त विहे गर्नु पर्छ !!  त्यसैले मैले माथि नै भनिसके  मानिससँगको निकट्ता, आत्मियता र  प्रेम; सेकेण्डले नै निर्धारण गरि सक्छ !!! अत: म प्रेम गर्दिन विहे नै गर्छु ॥ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से