सास । माघ १५, बर्दिया । 

९ वर्षकी कन्याको पाउको जल खाएर मर्ने धोको भएकाले नीरुको कक्षा ३ मा पढ्दै गर्दा विवाह गरिदिएका थिए घरपरिवारका सदस्यहरुले, जवकि उनलाई विवाहको अर्थ, परिभाषा अनि उद्देश्य नै थाहा भएको हुँदैन, हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । माघ १५, बर्दिया । 

९ वर्षकी कन्याको पाउको जल खाएर मर्ने धोको भएकाले नीरुको कक्षा ३ मा पढ्दै गर्दा विवाह गरिदिएका थिए घरपरिवारका सदस्यहरुले, जवकि उनलाई विवाहको अर्थ, परिभाषा अनि उद्देश्य नै थाहा भएको हुँदैन, हो"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

चौतारीमा नीरु आएपछि छाएको खुशीयाली

२०७३, १५ माघ शनिबार १०:२४

सास । माघ १५, बर्दिया । 

९ वर्षकी कन्याको पाउको जल खाएर मर्ने धोको भएकाले नीरुको कक्षा ३ मा पढ्दै गर्दा विवाह गरिदिएका थिए घरपरिवारका सदस्यहरुले, जवकि उनलाई विवाहको अर्थ, परिभाषा अनि उद्देश्य नै थाहा भएको हुँदैन, होस् पनि त कसरी ? तर आज तिनै नीरु एक्कासी गुलरियाको कोटही मन्दिर परिसरमा रहेको स्वामीको बोटको चौतारीमा आउँदा सबैमा खुशीयाली छाएको छ ।


प्रसङ्ग बर्दियाली श्रष्टा कथाकार रमेशचन्द्र ज्ञवालीको पहिलो लघुकथा सङ्ग्रह ‘नीरु’ को लोकार्पणको हो । सामाजिक यथार्थता बोकेको प्रगतिवादी धारबाट लेखिएका बाह«ओटा लघुकथाहरु समेटिएको कृति ‘नीरु’ को आज लोकार्पण गरिएको हो । 

कृतिको लोकार्पण गर्नुहुँदै बर्दियाली साहित्य समाजका संस्थापक अध्यक्ष एवम् बबई बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्र प्रसाद धितालले यो कृतिले सामाजिक यथार्थ बोलेको हुनाले यसको महत्व पछि अझै बढेर जाने र आगामी दिनमा यो कृतिलाई खोजी खोजी साहित्यका विद्यार्थीहरु शोधकार्यका लागि आउने कुरा बताउनुभयो । यसैगरी लोकार्पण गर्नुभएका अर्का प्राज्ञिक व्यक्तित्व तथा बबई बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद जोशीले पनि कृतिको पूर्ण सफलताको कामना गर्नुभयो ।

 

यसैगरी बर्दियाली साहित्य समाजका उपाध्यक्ष हरिहर शर्मा आचार्य, आध्यात्मिक चिन्तक पुण्य प्रसाद गौतम्, साहित्यकार तथा कवि विष्णुप्रसाद मरासिनी, साहित्यिक तथा साङ्गितीक श्रष्टा प्रभात सुवेदीले पनि कृतिको पूर्ण सफलताको कामना गर्दै आगामी दिनमा कृतिकारलाई अझै शशक्त सिर्जनाहरु ल्याउनका लागि शुभकामना दिनुभयो ।

कृतिकार रमेशचन्द्र ज्ञवालीले कृतिको सन्दर्भमा आफ्नो विचार राख्नुहुँदै आम पाठक तथा समाजबाट सल्लाह सुझाबको अपेक्षा गर्नुभयो । कोटही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न लोकार्पण कार्यक्रमको सहजीकरण शिक्षक मुकुन्द ज्ञवालीले गर्नुभएको थियो ।

 

प्रस्तुत छ वहाँकै कृति ‘नीरु’ मा समेटिएको शङ्का शीर्षकको यो लघुकथा तपाईहरुकै लागि :

रामे धेरै शङ्कालु प्रकृतिको मान्छे थियो । दुवै लोग्ने स्वास्नीको बीचमा माया प्रेम त थियो नै तैपनि स्वास्नकिो खुला व्यवहारले गर्दा मोरीले कतै पिठ्यु फर्काउने हो कि भन्ने डर रामेको मनमा थियो । त्यसैले उसको मन जहाँ गएपनि स्वास्नीको यादमा रहन्थ्यो । एकदिन ऊ कतैबाट घुमेर घरमा आयो । ढोका बन्द थियो । झ्याल लगाएको थियो । भित्रबाट केही आवाज आएको थियो । उसले चिन्यो त्यो बोली उसकै स्वास्नीको हो । ऊ भित्ताको नजिकै पुग्यो र भित्तामा कान लगायो र सुन्यो । स्वास्नीले भन्दै थिई “ल यो गालामा म्वाई खाउ कति माया लाग्यो ? धेरै दिन खेल्न पाएकी थिइन, आज त ल .खुब चाट !” ऊ सानो आफ्नो बाख्राको पाठोसँग मस्त खेल्दै थिई र पाठोलाई सुम्सुम्याउँदै नानाथरीका कुरा गर्दै थिई । 

उता रामे रिसले चूर थियो । त्यसले कसलाई भित्र पसालेर मात्तिएकी छे । उसले सोच्दैछ मैले भन्थेनी उसले कुन दिन मलाई छोड्छे भनेर आज नै देख्न प¥यो त्यो दिन । कति बेला निस्कन्छन् दुबैको ढाड भाँचिदिन्छु भन्दै चिरुवा दाउरो लिएर ढोकाको किनारमा बस्यो । अन्त्यमा उसले पाठोलाई भनी “तँ जा म केही बेर पछि निस्कन्छु ।” ढोकाको एउटा कप्टेरो के खुलेको थियो रिसले मुर्मुरिएको रामेले सानो पाठोलाई ठहरै पा¥यो । पछि आँखा खोल्दा त पाठो मरेको देख्यो । उता आवाज सुनेकी रामेकी स्वास्नी के हो भन्दै ढोकामा हेर्दा उसले त्यो दृश्यले जिब्रो टोकी । रामे मुन्छो निहुराएर बसिरहेको थियो । धन्न त्यो दाउरो स्वास्नीको टाउकोमा बज्रेन पहिले उ ढोका बाहिर निस्केको भए उसको नै ज्यान जाने थियो, शङ्कै शङ्कामा !!



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह