स्मरण

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्मरण

१३ माघ २०८२, सोमबार
बर्दिया - BRD

सानैमा वैज्ञानिक बनेका यी बर्दियाली युवा

१५ माघ २०७३, शनिबार १०:३८

स्मरण

_ सुमेश सिवाकोटी

Copied from Mens Room Reloaded (MRR)


सानामा डाक्टर बन्ने ठुलो सपना थियो, छेपरोलाई operation गरिएन कि भ्यागुतोलाई सुई हालिएन कि,.. तर एकदिन गाउँम बन्दुक बोकेर हिडेको देखे, बस के चाहियो र, रातारात
डाक्टरबाट अवकास लिएर
, बाउको पुरानो छालाको जुत्ता अनि काठको बन्दुक बोकेर हिँडे
खेतबारी तिर माओबादी मार्न । खेत बारीमा कति माओबादी मारियो गनिएन पनि
, देशमा भन्दा
पहिले आफैले शान्ति सम्झैता गरेर हतियार बिसाएँ। हतियार बिसाएर
, काठको गाडीको
चलाउन थाले ड्राइभर बनेर
, तर एकदिन फिल्ममा ५ तला माथीबाट हिरो मटरसाइकल मा उडेर आएर हिरोनीलाई बचाएर लगेको देखे, गाडीलाई ग्यारेजमा थन्काएर लागे हिरो
बन्न तिर। भको नभको ठुटो कपाल पानीले भिजाएर मुन्टो बटारेर कपाल हल्लाउँदै
हिडिन्थ्यो
, पल्ली घर कि कान्छिलाई त कति चोटि गुन्डाहरुबाट नि बचाए आफ्नै
कल्पनाको सिनेमामा । त्यहि कपाल हल्लाउँदै हिड्ने क्रममा एकदिन माथीबाट चुईईईईय
प्लेन उड्यो
, प्लेन संगै मेरा कल्पनाका सिनेमाहरु सबै उडे । कागज, काठ देखि घरमा झगडा गरेर ब्याट्री
हालेर उड्ने प्लेन समेत उडाए पाइलट बनेर
, तर दुर्भाग्य प्लेन दुर्घटनामा पर्यो, प्लेन संगै पाईलट बन्ने सपना पनि । 
सबै रोनाल्डो रोनाल्डो
भन्थे
, रमपम चाउचाउको फोटोमा बाहेक अन्त कतै देखेको थिइन, तेहि फोटोमा जस्तो अगाडि थोरै कपाल
राखेर
, बाँकी खौरिदिएँ र मोजाको बल बोकेर हिँडे "वल्ड कप"
खेल्ने । "वल्ड कप" जित्न नपाउदै बाउको एक झापडले सकियो मेरो फूटबल
क्यारिएर पनि । पछि बाउका थोत्रा रेडियोका चुम्बक निकाल्दै
, बिग्रेका लाइटरहरु बनाउदै इन्जिनियर नि
नभको होइन
, तर जब कक्षामा उन्लाई देखे, छोडे बच्चा जस्तो सबै कल्पनाका
पात्रहरु बन्न ।

राजेश हमालको फिल्मको पोस्ट कार्ड
पछाडि
, 
"SOME LOVE ONE, 

SOME LOVE TWO,

I LOVE ONE, 

THAT IS YOU " 

लेखेर प्रेम
प्रस्ताव नि गरे तर उन्को हात नपर्दै
, सरको हातमा पर्यो, गालामा १० वटा औलाका चाप बसे, सकियो मेरो प्रेम कथा पनि । 
आजकल गालाभरी
झुस्स परेका दारी छन्
, छाटेका कपाल, अनि सोच्छु, जिन्दगीका सबै सपना अनि लक्ष्यहरु त बाल्यकाल मै पूरा गरिसके, अब के नै पो बाकी छ र पूरा गर्ने …!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै