Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राजनीति, देश र हाम्रो आठौँ महाधिवेशन

By साझासवाल 28 मिनेट पढाइ

पढ्न करिब 11 मिनेट लाग्छ
प्रकाशित:

- गणेशमान सिंह

केही पल आँसुमा डुबून/डुब्न देऊ

केही पल उदासीमा बितुन / वित्नदेऊ

मित्र हो यति सम्झ,

पराई आँसुले पग्लेर तप्केको बलेनी जस्तै

क्षणभर प्रबल सम्वेदनाले चरक्क छाती चक्र्यो र म रोएँ

हरपल भावुकताले मलाई थिचिरहने छैन

यो रक्तिम युद्ध हो वर्गसङ्घर्षको

हाम्रा विकल जिन्दगीका हर, सङ्कटपूर्ण घडीमा

यो कठोर वास्तविकतालाई मैले भुल्नेछैन ।

-कृष्णसेन इच्छुक

नेपाली शब्दकोषमा राजनीति शब्दको शब्दार्थ यसरी लेखिएको छ । १. राज्यको शासन व्यवस्था तथा प्रशासन चलाउने नीति वा त्यस्तो गतिविधि २.राज्यसत्ता वा शक्ति प्राप्त गर्न कुनै व्यक्ति वा समूहले सञ्चालन गर्ने गतिविधि ३.विविध किसिमको चलाखी, दाउपेच ।

आज सम्म हाम्रो देशको राजनीति केवल शव्दकोषमा अथ्र्याएको तेस्रो बुँदाको अर्थभावमा मात्र केन्द्रित रह्यो । हामी साधारण जनताको लागि, सारा नेपालीको लागि सबैभन्दा ठूलो दूभाग्र्य हो । विडम्बनापूर्ण स्थिति हो । अढाईसय वर्षअघि पृथ्वीनारायण शाहले जसरी भूगोलको एकिकरण गरेर राजनीतिलाई ठिक ट्रयाकमा ल्याउन खोजेका थिए, त्यसपछीका उनकै सन्तान÷दरसन्तान ले त्यो क्षमता, दूरदर्शिता देखाएनन् । देखिएन । अनि पाँडे, थापा र राणाहरुले देशको सारा राजनीतिलाई परिवारमा लगेर हुलिदिए । त्यसपछिको यो देशमा कोइराला÷काँग्रेसको राज चल्यो । उनीहरुबाट पनि केवल निराशा र बेथिति बाहेक केही हात परेन । रह्यो बाँकी कम्यूनिस्टको कुरा– तिनीहरु पनि आज सम्मको सत्तायात्रामा आफूलाई त कम्यूनिस्ट बनाएनन् नै सारा देश, जनता र राजनीतिलाई नै काफी नक्कली बनाईदिए । भ्रमित बनाईदिए । त्यो भ्रमको तुवाँलो, जालो यति जर्बजस्त भएर नेपाली आकाशमा मडारिएको छ कि– उस्ता उस्तै वर्षाले, उस्ता उस्तै हुरीले उडाउन असंभव छ । त्यसैले त्यो यात्रा कठिन छ ।

नेपाली राजनीतिको पहिलो ताजा दृष्टान्त भनेको पचासको दशकबाट माओवादी पार्टीले नेतृत्व गरेको जनयुद्ध नै हो । जसको असर/प्रभाव दूरगामी त हुनेनै छ, हालसालै पनि यसको शिक्षा/पाठ र असर बाट कोही पनि मुक्त र स्वतन्त्र हुन सकिरहेको छैन । यसको प्रमाण दुई दशकसम्मको लामो अवधिसम्म पनि यो देशको राजनीति माओवादी आन्दोलनको वरीपरी घुमीरहेको छ । गोलचक्कर मारिरहेको छ । हामी संक्रमणकालबाट गु्रजीरहेका छौँ ।

२०५२ साल फागुन १ गतेदेखि घोषित क्रान्ति थालेको माओवादी पार्टीले शुरुवातीमै वाचाकसम खाएर आफ्नो क्रान्तिको मूख्य निशाना नै राजनीति शब्दको पहिलो अर्थभाव (राज्यको शासन व्यवस्था तथा प्रशासन चलाउने नीति वा त्यस्तो गतिविधि) मा केन्द्रित गरेको थियो । सो लक्ष्य÷उद्देश्यलाई दस्तावेजीकरण पनि गरेको थियो । २०५२ असारमा सम्पन्न माओवादी पार्टीको केन्द्रिय समितिको बैठकमा महामन्त्री प्रचण्डबाट प्रस्तुत ऐतिहासिक जनयुद्धको पहिलो योजना नामक राजनैतिक प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनको दोस्रो भागमा “जनयुद्धको ऐतिहासिक पहलका लागि हाम्रा सैद्धान्तिक प्रतिबद्धताहरु” भन्ने शिर्षकमा समाहित छ वटा बुँदा नै असली राजनीतिका असल दृढताहरु थिए । जो राजनीतिको मूख्य ध्येय नै राज्यको शासन व्यवस्था कस्तो बनाउने ? प्रशासन कस्तो बनाउने ? देश र जनताको लागि के के गर्ने ? आदि कुरा थिए । जो हुनुपथ्र्यो पनि । विडम्बना क्रान्तियात्राको बिचमै आएर तिनै सैद्धान्तिक मान्यता र प्रतिबद्धतामा माओवादी पार्टी अगाडि बढ्न सकेन । महासमरको यात्रामा टिक्न सकेन । नेतृत्व विचलनमा फस्यो । विचलित भयो । क्रान्ति विसर्जनमा पुग्यो । हेर्दाहेर्दै क्रान्ति, प्रतिक्रान्तिमा बदलियो । जे भनेर क्रान्तिको थालनी गरियो, जुन व्यवस्थाको विरुद्धमा हतियार उठाईयो, जुन दलाल संसदिय व्यवस्थालाई फ्याँक्ने बाचाकसम खाईयो, आज आएर त्यही नेतृत्व सोही व्यवस्थाको रक्षक भएर आउँदा दिउँसै रात परेको जस्तो भएको छ । र सबै आश्चार्यचकित भएका छन् । भन्दैछन– यो के हो ? के भयो ? यो विडम्वनापूर्ण अवस्थामा हामी मुक्ती÷क्रान्ति र परिवर्तन चाहने नेपालीका लागि इच्छुकले कवितामा भनेजस्तै–

केही पल आँसुमा डुबे– डुब्नदिन बाध्य हुन प¥यो ।

केही पल उदासीमा बिते– बित्नदिन बाध्य हुनु प¥यो ।

आज सारा शहिदहरुको सपना रोईरहेको छ । क्रान्तिका घाईते/अपाङ्गहरुको आत्मा रोइरहेको छ । आज यो देशको घिनलाग्दो शासन व्यवस्था बदल्न हिडेका लाखौँ कार्यकर्ता हतास र उदास छन् । तर अब हामी भन्छौँ यो भावुकता/यो सम्वेदना/यो हतास र यो उदासीको अन्त्य भईसक्यो । यसलाई हाम्रो पार्टीले/हाम्रो नेतृत्वले सचेतरुपमा आशा, विश्वास/भरोसा र क्रान्तिमा बदलेको छ । हो– हामी यो सङ्कटपूर्ण घडीको कठोर वास्तविकतालाई भुल्ने छैनौँ । र बदल्ने छौँ परिवर्तनमा/क्रान्तिमा ।

देश आज अनिश्चयको भूमरीमा बाँचीरहेको छ । राज्यव्यवस्थाको मूख्य निकायमा बसेका व्यक्तिहरु आज ठेकेदार, कठपुतली र दलाल भएका छन् । नेपाली जनताको भावना, चाहना र आवश्यकतालाई कुल्चेर उनीहरु विदेशी शक्तिकेन्द्रका गोटीभएर उनीहरुकै भावना, चाहना र आवश्यकतामा देशलाई चलाउने/भजाउने कुचेष्टा गरिरहेछन् । विशेषगरी भारतको भत्ता खाएर उसकै सेवा चाकरी गरीरहेका छन् । यो सबै उनीहरुको कुकृत्य नेपाली जनताले घाम जस्तै छलर्ङगै देखेका छन् । बरु सचेत नागरिक ….गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तैको अवस्थामा छन् । कोही कोही त लाजशरम र हिनतावोध ग्रस्त भएका पनि छन् । यिनीहरुले के गरेरनन् ? कर्णाली अरुण जस्ता अपार सम्पदा भारतलाई सित्तैमा सुम्पेको समेत देखेका छन् । देशको एकमात्र अन्र्तराष्ट्रिय विमानस्थलमा भारतको सेना राख्न गरेको हस्ताक्षर पनि देखेका छन् । हाम्रो भूमिमा भारतका प्रशासनिक अड्डाहरु राख्दा पनि शासनसत्तामा बसेका भतुवाहरुले आँखा चिम्म गरेको पनि बुझेका छन् । देशको स्वाभिमानलाई हदैसम्मको गिराएको पनि महशुस गरेका छन् नेपाली जनताले । भूकम्पको नाममा भित्रिएको अर्बौँको सम्पत्ति सरकारमै बसेका नालायकहरुले रातारात कुम्ल्याएको पनि देखेबुझेका छन् । आफ्नो लागि, परिवारको लागि र आफ्ना आसेपासेका लागि, जे गर्न पनि तयार, देशै बेच्न तयार भ्रष्ट दलालहरुलाई नेपाली जनताले राम्ररी चिनेका छन् । यत्तिसम्म भईसक्दा पनि प्रश्न उठ्न सक्छ, किन मौन छन् त जनता ? कुनै कुनै संकेतहरु यस्ता हुन्छन् जसले जे सुकै परिस्थितिको सृजना गर्न सक्छन् । हो, यो मौनता, जनताको यो भद्रता वर्तमानको ठूलो जवाफ हो । समय आएपछि त्यो मौनता ज्वाराभाटामा बदलिने निश्चित छ । अब हुने विद्रोह, अब हुने क्रान्ति, अब हुने परिवर्तन कसैले न रोकेर रोकिने छ, न कसैले छे्केर छेक्न सकिने छ । किन कि जनता अब जागा छन् । सचेत छन् । यसमा दिनदिनै समर्थन जुटिरहेको छ । उनीहरुले जति नै दबाउन खोजेपनि, त्यो नाटक मञ्चन गर्न खोजेपनि त्यो पर्दाफास भईसकेको छ । त्यो उनीहरुको मृत्युशैयाको छटपटाहट मात्र हो । दलाल संसदिय व्यवस्थाको रसनपसन खाईरहेका केही भरौटेहरुको आजभोलि देखिएको यो चुर्तिफूर्ति सास जानु अगाडिको हिरणमात्र हो ।

सपनाको चिहान हुँदैन

मरे भनेका सपनाहरु

ज्वालामुखी बोकेर आउँछन् ।

सपनाको डुबान हुँदैन

डुबे भनेका सपनाहरु

सुनामी बोकेर आउँछन् ।

सपनाको खरानी हुँदैन

निभे भनेका सपनाहरु

आगो बोकेर आउँछन् ।

सपनाको “मृतबिज” हुँदैन

बाँझो भनेका सपनाहरु

सुनामी बोकेर आउँछन् ।

- निभा शाह

हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी) ले यही फागुन १ गतेदेखि आठौँ महाधिवेशन गर्दैछ । फागुन १, यसैपनि हामी माओवादीको लागि गर्व गर्न लायक दिन हो । यो देशको इतिहासमा पहिलो पटक, सचेत रुपमा नेपाली जनताले सामन्ती दलाल संसदिय व्यवस्थाको विरुद्धमा एकैपटक गाउँ र शहर बाट धावा बोलेको दिन । सोही दिनको अवसरमा यो देशमा हुने क्रान्तिलाई हाम्रो पार्टीले महाधिवेशन मार्फत नयाँ ढङ्गले संस्लेष्नण गर्ने छ । हामी देशैभरिबाट फागुन १ गते काठमाण्डौँको खुलामञ्च जाँदैछौँ । अनि त्यहाँ हाम्रो महाधिवेशनको औपचारिक कार्यक्रम उद्घाटन हुनेछ र हामी वन्दशत्रका लागि थवाङ् प्रस्थान गर्ने छौँ । थवाङ् जहाँ हिजो पनि, जनयुद्धमा क्रान्तिको केन्द्र थियो र आजपनि एकिकृत जनक्रान्तिमा पनि त्यो लाल किल्ला बनेर उभिएको छ । यतिबेला सबै कार्यकर्ताको हातहातमा राजनैतिक प्रतिवेदन छ र अध्ययन मनन् भईरहेको छ । आवश्यक सल्लाह, सुझावपनि गईरहेका छन् ।

“विज्ञानको कुनै सीधा र सपाट राजमार्ग हुँदैन र त्यसको प्रकाशमान शिखरसम्म त्यो नै पुग्न सक्दछ जो उसको अघिल्तिर उभिएको ठाडो उकालो देखि डराउँदैन ।” – माक्र्स

प्रतिवेदनमा उल्लेख छ– “हाम्रो पार्टीको सातौँ महाधिवेशन भएको चारवर्ष वितेको छ । चार वर्षमा पार्टीले दलाल संसदीय व्यवस्था, भारतीय विस्तारवादी (साम्राज्यवादी) हस्तक्षेपविरुद्ध पेचिला सङ्घर्ष सञ्चालन गर्नुप¥यो । त्यस्तै माओवादी कम्युनिस्ट आन्दोलनमा पैदा भएको आत्मसमर्पणवाद, विसर्जनवाद, पलायनवाद, अकर्मण्यतावादका विरुद्ध जोडदार सङ्घर्ष सञ्चालन गर्नुप¥यो । परन्तु पार्टीले ती समस्या र खराबीमाथि मूलभूत रुपले विजय हासिल गर्दै एक शक्तिशाली र क्रान्तिकारी पार्टीको आधार निर्माण गर्न सफल भएको छ । शान्तिप्रक्रियाका विचलन, विघटन, क्षति, पीडा आदि र हामीले चलाएका कठिन तर निर्णायक सङ्घर्षहरु र प्राप्त गरेका सफल परिणामबाट राजनीतिक आन्दोलनलाई अवलोकन गर्दा विज्ञानको मार्ग पकडेमा पीडाहरु गौरवको जननी बन्न सक्छन्, पराजयहरु विजयको आधार बन्न सक्छन् भन्ने महसुस हुन्छ ।”

हामीले अधुरो/अपुरो रहेको क्रान्तिलाई पूरा गर्नु छ । हामीले माओवादी आन्दोलनमा आएको विचलन, विघटन र निराशालाई क्रान्तिमा बदल्नु छ । शहिदका सपना पूरा गर्नु छ । हजारौँ बेपत्तायोद्धाहरुको आस्था र विश्वासलाई पूरा गर्नुपर्ने छ । लाखौँ कार्यकर्ताको त्याग, समर्पण र निष्ठालाई एकिकृत र संगठीत गर्नु छ । नेपाली जनताको भरोसालाई पूरा गर्न छ । हामी साँच्चै यो दलाल संसदीय व्यवस्थालाई परिवर्तन गरी वैज्ञानीक जनवाद स्थापना गर्नु छ । यसमा हाम्रो पार्टीको आठौँ महाधिवेशन सफल बनोस । अग्रिम शुभकामना । हार्दिक शुभकामना ।