काठमाडौं । वैदेशिक रोजगारमा रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-७ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-५ बस्ने ३९ वर्षीय मनिल कुमार लामालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
लामाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लामालाई महालक्ष्मी नगरपालिका-५ बाटै पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।