१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बानियाँलाई आभास साहित्य सम्मान, उत्कृष्ट साहित्य पुरस्कार ‘अर्हत्’ लाई

१८ जेष्ठ २०८२, शनिबार ११:३२

काठमाडौँ | आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान वरिष्ठ साहित्यकार तथा समालोचक राजकुमार बानियाँलाई प्रदान गरेको छ ।

कोषले ‘अर्हत्’ उपन्यासका लागि आख्यानकार शैलेन्द्र अधिकारीलाई आभास उत्कृष्ट साहित्य पुरस्कार, २०८१ समर्पण गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली लेखक सङ्घका अध्यक्ष वियोगी बुढाथोकीले बानियाँ र अधिकारीलाई सम्मान तथा पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा बुढाथोकीले साहित्यको क्षेत्रमा वर्षौँदेखि काम गरेका व्यक्ति र कृतिको सम्मान गरेर कोषले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा सम्मानित र पुरस्कृत व्यक्तित्वबारे कवि तथा समीक्षक शकुन्तला जोशी र हेमप्रभासले चर्चा गर्नुभएको थियो ।

जोशीले समीक्षा र समालोचना गर्दा बानियाँको निष्ठापूर्वक कलम चलाउने र कृतिमाथि न्याय दिने आम विश्वास रहेको टिप्पणी गर्नुभयो । अर्का समीक्षक प्रभासले अर्हत् आद्योपान्त पठनीय र उत्प्रेरक कृति रहेको बताउनुभयो ।

सम्मानित व्यक्तित्व बानियाँले सम्मान र पुरस्कारले साहित्य साधकहरूलाई अगाडि बढ्न ऊर्जा दिने अनुभव सुनाउनुभयो । कोषका अध्यक्ष बालकृष्ण श्रेष्ठले कोषले सामाजिक उत्तरदायित्वअन्तर्गत यस प्रकारका पुरस्कार र सम्मानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा कोषका संरक्षक श्यामकुमार श्रेष्ठ, सञ्चारकर्मी प्रकाश थापा, दीपक सापकोटालगायतले आआफ्नो धारणा राख्नुभएको थियो । यसअघि उक्त पुरस्कार ‘दुङाल’ उपन्यासका लागि आख्यानकार मालिका केशरी (प्रकाशकुमार श्रेष्ठ) लाई प्रदान गरिएको थियो ।

सम्मान तथा पुरस्कारको राशि डेढ लाख र रु एक लाख रहेको छ । सम्मानित बानियाँ तीन दशकदेखि साहित्य लेखन, समालोचना र सम्पादन क्षेत्रमा सक्रिय छन् । पुरस्कृत अधिकारीका ‘अर्हत्’ सहित ‘निर्वेद’ र ‘ब्रह्मास्त्र’ आख्यान कृति प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण