२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जो ५० वर्षपछिका लागि लेख्थे

१० माघ २०७५, बिहीबार ०८:५२

शरद शर्मा । माघ १०, काठमाडौँ । पचास वर्षका लागि लक्ष्य गरेर लेख्ने साहित्यकार शङ्कर लामिछानेका रचनालाई युवामाझ लैजानुपर्ने इतिहासकार एवं साहित्यकारले बताउनुभएको छ । 

लामिछानेको ४३ औँ स्मृति दिवसका अवसरमा शङ्कर लामिछाने प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘युवा हेराइमा शङ्कर’ कार्यक्रममा उहाँहरुले लामिछानेले ५० वर्षपछिका युवालाई लक्ष्य गरेर आफ्ना रचनामा प्रकाशन गर्नुभएकाले युवामाझ उहाँका रचना लैजानुपर्ने बताउनुभयो । 

कार्यक्रममा इतिहासकार प्रा डा सुरेन्द्र केसीले लामिछानेका कृतिलाई विश्वभर पुर्याउनका लागि युवा पङ्क्तिलाई जगाउनुपर्ने बताउनुभयो । उहाँले निबन्धको क्षेत्रमा लामिछानेबाहेक अरु कोही छैन भन्दै उहाँले लेखेका कृतिलाई विश्वभर पुर्याउनका लागि अङ्ग्रेजीमा अनुवाद गर्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले युवा निबन्धकारलाई लामिछानेको व्यक्तित्व र उनका निबन्ध रचनालाई बढीभन्दा बढी बुझाउन सक्नुपर्ने बताउनुभयो । उहाँले प्रतिष्ठानले उहाँका निबन्धलाई अङ्ग्रेजीमा अनुवादन गरिरहेको समेत जानकारी दिनुभयो । निबन्धकार युवराज नयाँघरेले अहिलेका निबन्धमा उहाँले लेखेका चिन्तनभन्दा नयाँ कुरा अहिलेसम्म नेपाली साहित्यमा नआएको जिकिर गर्नुभयो । 

साहित्यकार रामप्रसाद पन्तले निबन्धमा लक्ष्मीप्रसाद देवकोटाले हृदयलाई मात्र छुने गरेको तर लामिछानेले हृदय र मस्तिष्क दुवैलाई छोएर लेख्ने गरेको बताउनुभयो । साहित्यकार पवन आलोकले लामिछानेका रचनाले ५० वर्षपछिका युवालाई मार्गदर्शन दिएको हुनाले उहाँका रचना युवालाई पढ्न दिनुपर्ने बताउनुभयो । 

समालोचक ज्ञानु अधिकारीले युवा साहित्यकारले आफूले लेख्नुभन्दा पहिले उहाँका कृति पढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा लामिछानेकी श्रीमती रत्ना गुरुङले लामिछानेको विरासतलाई जोगाउनुपर्ने बताउनुभयो । विसं १९८४ चैत ५ गते काठमाडौँमा जन्मिनुभएका लामिछानेको निधन २०३२ साल माघ १० गते भएको थियो । 

उहाँका गौथलीको गुँड (कथासङ्ग्रह), विम्ब प्रतिविम्ब (निवन्ध सङ्ग्रह), ‘ एब्स्ट्रयाक्ट चिन्तनः प्याज’ (निबन्धसङ्ग्रह, मदन पुरस्कार–२०२४) ‘गोधुली संसार’ लगायत कृति प्रकाशित छन् । नेपालमा पहिलो पटक २०१९ सालमा जापानबाट ‘हाइकु’ भित्र्याउनमा उहाँको देन रहेको छ । उहाँका निवन्धमा चिन्तन, मानविय सन्देश, महिलालाई हेर्ने दृष्टिकोणमा संवेदनशीलता, सामाजिक धरातल र वस्तुनिष्ठता पाइन्छ । जीवन निर्वाहका क्रममा प्राध्यापनसहित पुस्तकालयकर्मी, क्युरियो व्यापारी र साहित्यिक पत्रकारसमेतको भूमिका उहाँले निर्वाह गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान