प्रकृति संसारको अमूल्य देन हो । प्रकृतिनै भगवानको पञ्चकर्मेन्द्रिय अंग हो, अनि यो नै करोडौंको बासस्थान पनि हो ।
पृथ्वीमा बसाइँ र जीवन भोगाइको क्रममा सबैको उत्तिकै भागिदार हुनु पर्ने हो तर यस पृथ्वीको सिंगो शासन निरंकुश ढंगले सम्हालिरहेको मानव नामक प्राणिले सारा पृथ्विको अंशनै आफ्नो मानी जथाभावि गरिरहेको छ किनकी मानवले जति पनि कार्य गर्छ प्रकृतिबाटै गर्छ ।
त्यो भविश्य, त्यो भोलि निश्चित आउँनेछ, निश्ठुरताका साथ । त्यो भोलीले त्यतिखेरको र्वतमानलाई रुवाउँनेछ, हाहाकार मच्चाउँने छ, काल चौबिसै घण्टा काममा व्यस्त बन्नेछ । जब उसले सारा कार्य भ्याउँछ तब उसले अबश्य फुर्सद पाउने छ ।
हामीले आफूलाई बचाउँने प्रकृति र जन्म दिने आफ्नी आमाको समस्या जहिल्यै बेवास्ता गरिरह्यौं ।
यो प्राकृतिक संसारमा प्रकृति उपभोगको बरावरी हक सबै प्राणिहरुले प्राप्त गर्छन् तर मान्छेले सबै प्राणिहरुको अंश आफ्नै भनेर हडपेको छ । प्रकृतिमा जो बाँचेका ती सबै प्रकृतिको सन्तान हुन् । यसमा कोहि आफ्नो कोहि पराइ भन्ने कुरा नै रहँदैन् । मानिसहरुकै वर्गीय विचारधारामा पनि धनि, गरीब, निमुखा भोका नांगा आदि इत्यादिले यस प्रकृतिमा बराबर हिस्सा प्राप्त गरेका हुन्छन् ।
प्रकृतिले सबैलाई यस संसारमा अमर बनाई रहन पनि सक्दैन । यो चक्रिय आधारमा निरन्तर चलिरहेको हुन्छ यसले प्राणिलाई जन्म दिन्छ, हुर्काउँछ, बढाउछ अनि अन्तमा नास गर्छ ।
सबै कुराले अन्त्य हुनै पर्छ सबैले आफ्नो आयुमा मात्रै बाँच्न पाउँछन् । हामी अचम्मको एउटा संसारमा छौ । जुन यो व्रम्हाण्डको अन्य जगत भन्दा बेग्लै छ जहाँ अचम्मको सृष्टि गरिएको छ ।
संसारमा करिव दश अर्व सोचहरु जीवितै छन् । कुनै सोचले परमाणु बम बनायो जसको कारण वायुमण्डलदेखि प्राणि जगतको समेत भविश्य अनिश्चित भैरहेको छ । यो समयको अदृष्य खेल हो ।
आजको यो समय हिजोको भविश्य थियो तर आज यो वर्तमान भएको छ र भोलि म बुढो हुनेछु, मेरा छोरा, नाति नातिनाहरु मलाई हजुरबुबा भन्ने छन् । समय यस्तै परिवर्तन हो । जसले उमार्न देखि लिएर मार्ने सम्मको काम गर्दछ , चक्रिय आधारमा तर बिल्कुलै निश्चित बिन्दुसम्म ।
मानिसले समयलाई नै सिथिल बनायो । अव समय रिसाइसक्यो, नफकाइने गरेर किनकी मानिसको आश्वासन उसले धेरै पाइसकेको छ ।
समयलाई कोहीकोहीले धनले किनिरहेका छन् । गरिब आफ्नो २४ घण्टा मध्ये ८ देखि २२ घण्टा अरुलाई दिएर पनि बाँच्न बाध्य छन् । कोहि धनबहादुरहरु कृतिमताको गरिब छन् कोही धनबहादुरहरु अरुको ८० हजार घण्टा किन्न सफल बनेका छन् । आफ्नो समय बेचिरहेका मानिसहरु हेपिएका छन् । किन्नेहरु माथि छन् । समय बेच्नेहरुको प्रतिस्पर्धामा छ । आखिर सबै कृतिमतासंग मनपरि गर्न यसो गरिरहेछन् किनकि विश्व नै पैसाले चलेको छ । कोहि इमानदार एउटा ठाउँमा खुम्चिएका छन् अनि जवर्जस्ती वाँधिएका छन् । मानिसकै अत्याधुनिक अनि कृतिम सोचले मानब अब सिल्पट हुँदैछ ।
पोखिन लागेको अश्तित्वलाई सम्हाल्न मानब हरतरहले मुन्टो उठाउन खोजिरहेको छ । मानिसहरु माथि प्रकृतिले वदला लिन खोज्दै छ कसरी भनुँ किनकी मानिसले आफूनै पर्ने ठुलो खाल्टो आफैले खनिरहेको छ ।
हामीले जति बनाउछौं, कृतिम बनाउछौं, प्रकृति बनाउँदैनौं । मान्छे जसले आफूलाई मान्छे भन्छ, उहि पशुजस्तै बन्छ । हामीले आफूमा समेत वाहिरि रुप सुन्दर बनायौं तर भित्र धेरै फोहोर भाब बोकेर जताततै दौडिरह्यौं । फलस्वरुप हाम्रो मगज र हाम्रो प्रकृति एकोहोरो सत्यानास भैरह्यो ।
मान्छेलाई तालिम बढि भयो त्यसैले बढि जान्ने भए हजारौं वर्षदेखि मान्छे सिकेको सिक्यै छ नैतिकताको पाठ, अनि अनुशासनको पाठ । हामी त्यहि तालिमकै कारण अन्तरिक्ष पुग्यौं एटम वम बनायौं, देख्न सक्छौं, यत्रो आधुनिकता बनायौ, हामी धेरै माथि आकासमा पुग्न चाहान्छौं । त्यसैले त चन्द्र टेक्यौं तर हामीले त्यहाँ गएर पृथ्वी कहाँ छ भनेर हेरेनौं ।
(यो अंश नयाँ संसार उपन्यासबाट लिईएको हो ।)