२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कविता “बेहाल म”

२०७७, १५ आश्विन बिहीबार ०१:४७

मायाँ संगालेका मायालुका भावनाहरुमा,

पृय लाग्छन् नसाले झुलेका नसालु ओठहरु,

सधै लठ्ठ पार्ने ती आँखाका जोसिला चोटहरु,

जुरुक्क उठ्छ प्रेमिलका वासनाको जोस,

सजाइरहुँ ती बारुदी धारिला हतियारहरु ।

पराजित गरिरहेछ ती ओठहरुले

सूर्यका अनगिन्ति किरणहरुलाई,

जहाँ अन्तर मनका हतियारहरु सल्बलाइरहेछन्

अंगालोको बासनाका अतृप्त यादहरु सँग,

यौवनका वासनाहरु चंचलतामा रमाइरहँदा

सुख भोग बन्दो रैछ ती अनगिन्ती स्पर्शहरु ।

शिर्र शिर्र चलिरहने चिसो शान्त बतासको चुम्वन,

कति मिठो होला कोपिला झैं बासनाको प्रेम,

कुनै  गुनासो छैन स्मृतिका रंगिन रातहरु सँग

जहाँ चलाईएको थियो कुरुक्षेत्रको लडाईं,

धारिला ओठहरुको अनगिन्ति आक्रमणले वेहाल म ।

 —

हराईरहेंछु  म तरंगित ज्वालामुखी सँग,

गरिरहेंछु उर्लदो यात्रा मधुर मुस्कान सँग,

जहाँ गरिरहेँछु म चिसो मिठो चुम्वनको यात्रा,

रेटि रहेछन् ती कामुक नजलहरुले पल पल,

सल्बलाईरहेछन् युद्ध छेड्ने हतियारहरु

यी प्रेमका जीवित आनन्दहरु सँग । 

- लिला बल्लभ नेपाल, विराटनगर 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने