२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कविता ‘फेसबुके जहर’

२०७७, २६ आश्विन सोमबार ०४:४०

हरेक विहानका मिर्मिरे उषाहरुलाई

फेसबुके किराले चुसिरहँदा,

सम्वन्ध टुटाएर संसार जोड्ने

तितो सत्य भित्र मान्छेको जुनी लुकिरहँदा,

प्रविधिको सत्रुता कसरी हराउँला र खै

बेहाल समयमा म कसरी जिउँला र खै ।

जोड्यौ होला तिमीले संसारलाई एक ठाउँ

तर किन पलाइरहेछ मन भित्र घाउ,

मान्छेको सम्वन्ध बासनाको खेलौना हैन

फेसबुके प्रविधिमा कहाँ छ र चैन,

न निँद छ रातमा न चैन छ साथमा

ति जुटेका खुशीहरु रहँदैनन् हातमा ।

शंका भित्र लंका जल्दा आफ्नै मुटु बिरानो भाछ,

जुटेको मन टुट्नु पर्ने फेसबुकको सफलता रैछ,

हत्या हिंसा बलत्कार फेसबुकै उपहार

नाइकेलाई नि यहाँ कानुन नलाग्ने रैछ,

आफ्नो तोडेर पराई जोड्ने क्या सफलता छ यहाँ,

रहर भित्र जहर घोल्ने फेसबुके महाराज कहा कहाँ ।

आफ्नै छोराले बिर्षन्छ बात्सल्यको प्रेम,

अन्दाधुन्द चल्छ छुरा अँधेरी रातहरुमा,

बिलाइरहेछन् सम्वन्धका मिठा नाताहरु,

सल्बलाईरहेछन् घरघरमा फेसबुके जहरहरु,

प्रेमको पासो थापेर नगरेकै बेश डरलको खेती,

अधुरो खुशीमा हराइरहेछन् फेसबुके जुकर्बर्गहरु ।

- लिला बल्लभ नेपाल, बिराटनगर


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने