४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा एचआईभी संक्रमितको संख्या बढ्दो, एकै वर्षमा ७ जनाको मृत्यु

१५ जेष्ठ २०७९, आईतवार ०५:२७

जेठ १५,महोत्तरी | महोत्तरीमा एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पाइएको छ । पछिल्लो पाँच वर्षको तथ्यांकले एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पुष्टि गरेको हो ।

एआरटी सेन्टर महोत्तरीका अनुसार २०७२ देखि अहिलेसम्म ४१० जनामा एचआईभी पोजिटिभ भएको छ ।  ४१० जनामध्य ३१० जना सक्रिय संक्रमित छन् । यो संख्या एआरटी सेन्टरमा आउनेहरुको मात्र हो । धेरैजसोले रोग लुकाउने भएको कारण महोत्तरीमा सयौँ संख्यामा एचआईभी संक्रमित हुन सक्ने महोत्तरीस्थित स्वास्थ्यकर्मीहरुको अनुमान छ ।

२०७८ मा  ६९ जनामा संक्रमित भएका छन् । अहिलेसम्म १२३ जना महिला र १७७ जना पुरुषहरुमा संक्रमण देखिएको एआरटी सेन्टर जलेश्वरले जनाएको छ ।

यो महिनामा मात्र एचआईभी सम्बन्धित् मिल्दोजुल्दो लक्षण देखिएका २९४ जनालाइ जाँच गरिएको छ । २९४ जनामा १९४ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

तथ्यांकअनुसार बिदेशबाट काम गरेर फर्किएका ९६ जनामा पोजेटिभ देखिएको छ । पेशेवर यौनकर्मी तथा असुरक्षित यौनसम्पर्कका कारण पनि एचआईभी संक्रमण फैलिँदै गएको देखिएको छ । एआरटी सेन्टरका इन्चार्ज राजिप पाठकले संक्रमितमध्ये महिला यौनकर्मी आठ जना र तेश्रो लिङ्गी १२ जना छन् ।  

गम्भीर प्रकारका एचआईभी पोजेटिभ लक्षण देखिएकाहरुमध्ये पछिल्लो ५ वर्षमा महोत्तरीमा ३० जनाको मृत्यु भएको छ । इन्चार्ज राजिप पाठकको अनुसार यो वर्षमा मात्र एचआईभीकै कारण सात जनाको ज्यान गयो ।

पाँच वर्षको तथ्यांकमा सबैभन्दा बढी जलेश्वर नगरपालिकामा ४४ जना संक्रमित वनेका छन् । जिल्लाभरि बाक्लै संख्यामा खुलेका होटल र उक्त होटलमा लुकिछिपी चलाइने यौन व्यवसायका कारण पनि एचआईभी कै कारण ज्यान जानेको संख्या अधिक बनिरहेको जानकारहरु बताउँछन् ।

एआरटी सेन्टर जलेश्वरको अनुसार पिपरामा १६ जना, मनरासिस्वा नगरपालिकामा २१ जना, बल्वामा १२ जना, सम्सीमा ३६ जना, सोनामामा १५ जना, लोहारपट्टीवाट १५ जना, रामगोपालपुरमा २२ जना, एकडारमा १७ जना, मट्टीहानीमा २६ जना, औरहीमा १० जना, महोत्तरीमा १९ जना, भंगाहामा १८ जना, गौशालामा १२ जना र बर्दिबासमा १५ जना एचआईभी संक्रमित छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ