Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का

२०८१, २८ पुष आईतवार १४:३२

वीरगञ्ज | वीरगञ्जमा जारी जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेटमा मधेश प्रदेशमाथि त्रिभुवन आर्मी क्लबले सहज जित हात पारेको छ । आइतबार खेलको दोस्रो तथा अन्तिम दिन जितका लागि पाएको २८ रनको सामान्य लक्ष्य उसले २ विकेट गुमाएर पूरा गरेको हो । आर्मीका लागि दोस्रो पारीमा इमरान शेखले नटआउट ८ र वसिर अहमदले ४ रन बनाए । मधेशका लागि रञ्जित कुमार र प्रदिव पासवानले एक एक विकेट लिए । आर्मीको पहिलो जित हो । जितसँगै उसले फाइनल खेल्ने पक्का भएको छ ।

फ्लोअनमा परेको मधेश आइतबार दोस्रो दिनको खेलमा १५० रनमा अलआउट हुँदा उसको अग्रता मात्र २७ रन मात्र थियो । आर्मीले पहिलो पारीमा २२५ रनमा ९ विकेट गुमाउँदा पारी घोषित गरेको थियो ।

त्यसपछि ब्याटिङ गरेको मधेश पहिलो पारीमा १०२ रन बनाउँदा अलआउट भयो र उसले फ्लोअन खेल्नुपरेको थियो । तर, मधेशका लागि ओपनर मयन यादवबाहेक अन्य ब्याटरले राम्रो खेल्न नसक्दा उसले २८ रनको सामान्य लक्ष्य दिएको हो ।

मधेशका लागि दोस्रो पारीमा मयन यादवले ४९ रन बनाए भने कप्तान हरिशंकर साहले २५ रन बनाए । मयनले पहिलो पारीमा ११ रन बनाएका थिए ।

मधेशको ब्याटिङ ध्वस्त बनाउने क्रममा आर्मीका बसिर अहमदले ४ विकेट लिए भने उनले पहिलो पारीमा एक विकेट लिएका थिए । यस्तै शाहाब आलमले पहिलो पारीमा ६ र दोस्रो पारीमा ३ विकेट लिए ।

उता जनकपुरमा जारी जय ट्रफी एलिट कप क्रिकेटको आइतबार दोस्रो तथा अन्तिम दिन पुलिस क्लबले बागमती प्रदेशविरुद्ध जितका लागि ११६ रनको लक्ष्य पाएको छ । बागमतीले पहिलो पारीमा ११२ र दोस्रो पारीमा २१८ रन बनायो । पुलिसले पहिलो पारीमा २१५ रन बनाएको थियो । आइतबार अलआउट हुनुअघि बागमतीले २१८ रन बनाएपछि पुलिसले ११६ रनको लक्ष्य पाएको हो ।

बागमतीका लागि दोस्रो पारीमा शुभ कंसाकारले ७० र रित गौतमले ५२ रन बनाएका थिए । पहिलो पारीमा इशान पाण्डेले ७१ रन बनाएका थिए ।

पुलिसका लागि दोस्रो पारीमा ललित राजवंशीले तीन विकेट लिए भने श्रवण यादवले २ विकेट लिए । पहिलो पारीमा राजवंशीले ४ विकेट लिएका थिए भने पहिलो ह्याट्रिक गरेका श्रवण यादवले तीन विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ