२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

कानुन विपरित सञ्चालनमा रहेका १२ वटा अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्रीले दिए र्देशन

२०८१, १८ फाल्गुन आईतवार ०८:०४

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहको नेतृत्वमा प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहसहितको टोलीले शनिबार साँझ रौतहटको चन्द्रपुर र सर्लाहीको हरिवनमा गरेको १३ वटा निजी अस्पताल अनुगमनमा १२ वटा अनाधिकृत रुपमा सञ्चालनमा रहेको पाइएको छ ।

मुख्यमन्त्री सिंहले कानुनसम्मत ढङ्गले सञ्चालनमा नरहेका ती १२ वटा अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

रौतहट र सर्लाहीस्थित पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर तथा हरिवनमा गरिएको १३ वटा निजी अस्पताल अनुगमनमा एकमात्र चन्द्रपुरस्थित अस्पताल चन्द्रपुर हस्पिटल प्रालिले सेवा सञ्चालन अनुमति लिएको पाइएको प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका निमित्त प्रदेश सचिव राजेश मिश्रले बताए ।

सो अस्पतालसँग चिकित्सक तथा कर्मचारीलाई दिइने करकट्टासहितको तलब विवरण माग गरिएको उनले बताए ।

सेवा सञ्चालन अनुमति नलिएका रौतहटको चन्द्रपुरस्थित हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर,। सिभिल हृयुमन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी हस्पिटल प्रालि, हिमालयन पोलिक्लिनिक, सिम्स अस्पताल प्रालि, चन्द्रपुर अर्थोपेडिक एन्ड जेनरल हस्पिटल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, चन्द्रपुर सामुदायिक हस्पिटल प्रालि र मोडेल अर्थोपेडिक एन्ड जेनरल हस्पिटल प्रालिलाई बन्द गर्ने निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह