८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

कानुन विपरित सञ्चालनमा रहेका १२ वटा अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्रीले दिए र्देशन

१८ फाल्गुन २०८१, आईतवार ०८:०४

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहको नेतृत्वमा प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहसहितको टोलीले शनिबार साँझ रौतहटको चन्द्रपुर र सर्लाहीको हरिवनमा गरेको १३ वटा निजी अस्पताल अनुगमनमा १२ वटा अनाधिकृत रुपमा सञ्चालनमा रहेको पाइएको छ ।

मुख्यमन्त्री सिंहले कानुनसम्मत ढङ्गले सञ्चालनमा नरहेका ती १२ वटा अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

रौतहट र सर्लाहीस्थित पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर तथा हरिवनमा गरिएको १३ वटा निजी अस्पताल अनुगमनमा एकमात्र चन्द्रपुरस्थित अस्पताल चन्द्रपुर हस्पिटल प्रालिले सेवा सञ्चालन अनुमति लिएको पाइएको प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका निमित्त प्रदेश सचिव राजेश मिश्रले बताए ।

सो अस्पतालसँग चिकित्सक तथा कर्मचारीलाई दिइने करकट्टासहितको तलब विवरण माग गरिएको उनले बताए ।

सेवा सञ्चालन अनुमति नलिएका रौतहटको चन्द्रपुरस्थित हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर,। सिभिल हृयुमन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी हस्पिटल प्रालि, हिमालयन पोलिक्लिनिक, सिम्स अस्पताल प्रालि, चन्द्रपुर अर्थोपेडिक एन्ड जेनरल हस्पिटल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, चन्द्रपुर सामुदायिक हस्पिटल प्रालि र मोडेल अर्थोपेडिक एन्ड जेनरल हस्पिटल प्रालिलाई बन्द गर्ने निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी