२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न

२०८१, २७ चैत्र बुधबार १४:०२

काठमाडौँ | त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न भएको छ । सरकारले गत असार ३१ गते गरेको निर्णयानुसार पहिलो चरणमा प्यारापिट र फ्लडलाइट निमार्णको काम भइरहेको छ ।

त्रिवि क्रिकेट रंगशालाको जिम्मेवारीमा रहेका संघीय सचिवालय निमार्ण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठका अनुसार, तोकिएको मितिभित्रै काम सम्पन्न गर्ने गरी काम भइरहेको छ ।“अहिले फाउन्डेसनको काम भइरहेको छ, यसैकारण यसमा अलि धेरै समय लागेको हो । अहिलेसम्म २५ प्रतिशतभन्दा धेरै काम भएको छ । प्यारापिटतर्फ करिब आठ करोड भुक्तानी भएको छ । अहिले करिब ६ करोडको बिल पेस भएको छ, जुन भुक्तानीको प्रक्रियामा छ । फ्लडलाइटतर्फ सात करोड ९६ लाख खर्च भइसकेको छ,” उनले बाह्रखरीसँग भने ।

उनले अगाडि भने, “हाम्रो लक्ष्य तोकिएको मितिभित्रै काम सम्पन्न गर्ने हो । अहिलेसम्म साइटमा त्यस्तो कठिन अवरोध पनि आएको छ । फाउन्डेसनको काम सकिएपछि प्यारापिटमा धेरै समय नलाग्ने हाम्रो अनुमान छ । फ्लडलाइटतर्फ पनि बेस बनाउने काम भइरहेको छ ।”त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको मैदानलाई रंगशालामा परिणत गर्न सहरी विकास मन्त्रालयले गएको फागुन १९ गते प्यारापिटतर्फ तीन कम्पनीसँग र फागुन २२ गते फ्लडलाइटका निम्ति एक कम्पनीसँग सम्झौता गरेको थियो । जसअनुसार, मन्त्रालयले प्यारापिटका निम्ति बीटीओआई–केसीडीसी–पीजी कन्स्ट्रक्सन्ससँग सम्झौता गरेको थियो । यस्तै, फ्लडलाइटका निम्ति विसान ईश्वरी जेभीसँग सम्झौता गरेको थियो ।

रंगशाला निर्माणको पहिलो चरणमा प्यारापिटतर्फ चेन्जिङ रुम, भीआईपी बक्सलगायत संरचना समावेश छैन । प्यारापिट र फ्लडलाइट दुवै निर्माण कार्य आउँदो वैशाख २४ गतेसम्म सकाउनुपर्ने समयासीमा छ । तोकिएको अवधिमा काम भए प्रधानमन्त्री ओलीले घोषणा गरेझैँ यो ३०० दिनभित्रै सम्पन्न हुनेछ । असार ३१ गतेको घोषणादेखि सम्पन्न हुनुपर्ने मितिसम्म कुल २९५ दिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ