३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न

२७ चैत्र २०८१, बुधबार १४:०२

काठमाडौँ | त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न भएको छ । सरकारले गत असार ३१ गते गरेको निर्णयानुसार पहिलो चरणमा प्यारापिट र फ्लडलाइट निमार्णको काम भइरहेको छ ।

त्रिवि क्रिकेट रंगशालाको जिम्मेवारीमा रहेका संघीय सचिवालय निमार्ण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठका अनुसार, तोकिएको मितिभित्रै काम सम्पन्न गर्ने गरी काम भइरहेको छ ।“अहिले फाउन्डेसनको काम भइरहेको छ, यसैकारण यसमा अलि धेरै समय लागेको हो । अहिलेसम्म २५ प्रतिशतभन्दा धेरै काम भएको छ । प्यारापिटतर्फ करिब आठ करोड भुक्तानी भएको छ । अहिले करिब ६ करोडको बिल पेस भएको छ, जुन भुक्तानीको प्रक्रियामा छ । फ्लडलाइटतर्फ सात करोड ९६ लाख खर्च भइसकेको छ,” उनले बाह्रखरीसँग भने ।

उनले अगाडि भने, “हाम्रो लक्ष्य तोकिएको मितिभित्रै काम सम्पन्न गर्ने हो । अहिलेसम्म साइटमा त्यस्तो कठिन अवरोध पनि आएको छ । फाउन्डेसनको काम सकिएपछि प्यारापिटमा धेरै समय नलाग्ने हाम्रो अनुमान छ । फ्लडलाइटतर्फ पनि बेस बनाउने काम भइरहेको छ ।”त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको मैदानलाई रंगशालामा परिणत गर्न सहरी विकास मन्त्रालयले गएको फागुन १९ गते प्यारापिटतर्फ तीन कम्पनीसँग र फागुन २२ गते फ्लडलाइटका निम्ति एक कम्पनीसँग सम्झौता गरेको थियो । जसअनुसार, मन्त्रालयले प्यारापिटका निम्ति बीटीओआई–केसीडीसी–पीजी कन्स्ट्रक्सन्ससँग सम्झौता गरेको थियो । यस्तै, फ्लडलाइटका निम्ति विसान ईश्वरी जेभीसँग सम्झौता गरेको थियो ।

रंगशाला निर्माणको पहिलो चरणमा प्यारापिटतर्फ चेन्जिङ रुम, भीआईपी बक्सलगायत संरचना समावेश छैन । प्यारापिट र फ्लडलाइट दुवै निर्माण कार्य आउँदो वैशाख २४ गतेसम्म सकाउनुपर्ने समयासीमा छ । तोकिएको अवधिमा काम भए प्रधानमन्त्री ओलीले घोषणा गरेझैँ यो ३०० दिनभित्रै सम्पन्न हुनेछ । असार ३१ गतेको घोषणादेखि सम्पन्न हुनुपर्ने मितिसम्म कुल २९५ दिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड