८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट

३ बैशाख २०८२, बुधबार १४:३१

काठमाडौँ | काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५ मा छनोट भएकी छन् । संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका छन्। दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिएकी हुन् । उनी राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुन् ।

डंगोलसँगै थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भएका छन् । वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । यसमा हजारौंले आवेदन दिए पनि सीमित व्यक्ति मात्र छनोट हुन्छन् । डंगोलले योङ ग्लोबल लिडरमा छनोट भएकामा आफूलाई गर्व लागेको बताएकी छन् । ‘संसारभरको यो मञ्चमा समग्र नेपालको प्रतिनिधित्व गर्दै युवा नेतृत्वका रूपमा छनोट हुँदा थप खुसी लागेको छ,’ उनले भनिन्, ’परिवर्तनका संवाहक भनेका युवा हुन्। म स्वयं पनि युवामा विश्वास राख्ने भएकाले संसारभर सकारात्मक सन्देश दिने यो मञ्चमा छनोट हुँदा समग्र युवाको प्रतिनिधित्व भएको महसुस गरेकी छु ।’

उनले अगाडि भनिन्, ‘यो छनोटले मलाई थप जिम्मेवारीबोध महसुस गराएको छ। जुन भूमिकामा छु, त्यहाँ रहेर अझ धेरै राम्रो गर्न प्रोत्साहन मिलेको छ ।’ ‘मिस नेवा २०११’ की विजेता डंगोलले लिपि अभियन्ताको परिचय पनि बनाएकी थिइन् । उनीसहितको टिमले स्थानीय रञ्जना लिपि संरक्षणका लागि नागरिकको घर, चोक, टोल र सडक हुँदै सार्वजनिक ठाउँमा ‘वर्कसप’ चलाएको थियो । काठमाडौं उपत्यका हुँदै विदेशसम्म ’क्यालिजात्रा’ को पहुँच विस्तार गरेको थियो । डंगोललाई स्थानीय लिपिहरूको संरक्षणसँगै राजधानीको उपमेयर समेतको स्थानमा पुग्न सफल भएको भन्दै योङ ग्लोबल लिडरमा छानिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता