३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे

४ बैशाख २०८२, बिहीबार १७:४९

काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकहरूलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण र कक्षा-१२ को परीक्षा सञ्चालनमा सहयोग गर्न आग्रह गरेको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन्। बोर्डको वार्षिक कार्ययोजना अनुसार हाल कक्षा १० को एसइई परीक्षा सम्पन्न भई परीक्षाका उत्तर पुस्तिकाको परीक्षण र २०८२ वैशाख ११ गतेदेखि शुरू हुने कक्षा १२ को अन्त्यमा हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डबाट कार्यहरू हुँदै आएका छन्।

‘यी दुवै कार्यमा राष्ट्रिय परीक्षा बोर्डको संयोजनकारी भूमिका रहने र प्राथमिक, संवेदनशील र महत्वपूर्ण भूमिका प्रबुद्ध शिक्षक वर्गको नै रहने कुरा सबैलाई जानकारी भएकै विषय हो, यसबेला एकातर्फ शिक्षकहरू नेपाल शिक्षक महासंघको नेतृत्वमा आफ्नो पेसागत हकहितका लागि शिक्षा विधेयकलाई ऐनका रूपमा चाँडो पारित गरियोस् भन्ने मागसहित आफ्नो अपिल सरकारसामु प्रस्तुत गरिरहनुभएको छ भने अर्कोतर्फ कक्षा १० को परीक्षा सकेर बसेका विद्यार्थी आफ्नो सुनिश्चित भविष्यका लागि नतिजा पर्खिरहेको अवस्था छ;’ सूचनामा उल्लेख छ।

बोर्डले कक्षा-१२ का विद्यार्थीहरू विद्यालय तहको अन्त्यमा राष्ट्रिय रूपमा लिइने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा दिनका लागि उत्सुकताका साथ पर्खाइमा रहेको जनाएको छ।‘आफ्ना पेसागत हकहित र सुरक्षा सँगसँगै आफ्ना आज्ञापालक विद्यार्थीको भविष्य एवं प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसात गर्दै पेसागत उत्तरदायित्वकै रूपमा उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही सदा झै सहयोग र सहभागिताका लागि राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट पुनः नेपाल शिक्षक महासङ्घ, विद्यालयका प्रधानाध्यापक तथा समग्र शिक्षक वर्गसँग हार्दिक अनुरोध गरिन्छ, साथै सम्पूर्ण विद्यार्थीहरूलाई परीक्षा तयारीका लागि धैर्यताका साथ निरन्तर लाग्न अनुरोध गर्दै यस सम्बन्धमा अभिभावक तथा अन्य सम्बन्धित सरोकारवाला पक्षबाट समेत समन्वय र सहयोगको अपेक्षा गरिन्छ,’ सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’