२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे

२०८२, ४ बैशाख बिहीबार १७:४९

काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकहरूलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण र कक्षा-१२ को परीक्षा सञ्चालनमा सहयोग गर्न आग्रह गरेको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन्। बोर्डको वार्षिक कार्ययोजना अनुसार हाल कक्षा १० को एसइई परीक्षा सम्पन्न भई परीक्षाका उत्तर पुस्तिकाको परीक्षण र २०८२ वैशाख ११ गतेदेखि शुरू हुने कक्षा १२ को अन्त्यमा हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डबाट कार्यहरू हुँदै आएका छन्।

‘यी दुवै कार्यमा राष्ट्रिय परीक्षा बोर्डको संयोजनकारी भूमिका रहने र प्राथमिक, संवेदनशील र महत्वपूर्ण भूमिका प्रबुद्ध शिक्षक वर्गको नै रहने कुरा सबैलाई जानकारी भएकै विषय हो, यसबेला एकातर्फ शिक्षकहरू नेपाल शिक्षक महासंघको नेतृत्वमा आफ्नो पेसागत हकहितका लागि शिक्षा विधेयकलाई ऐनका रूपमा चाँडो पारित गरियोस् भन्ने मागसहित आफ्नो अपिल सरकारसामु प्रस्तुत गरिरहनुभएको छ भने अर्कोतर्फ कक्षा १० को परीक्षा सकेर बसेका विद्यार्थी आफ्नो सुनिश्चित भविष्यका लागि नतिजा पर्खिरहेको अवस्था छ;’ सूचनामा उल्लेख छ।

बोर्डले कक्षा-१२ का विद्यार्थीहरू विद्यालय तहको अन्त्यमा राष्ट्रिय रूपमा लिइने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा दिनका लागि उत्सुकताका साथ पर्खाइमा रहेको जनाएको छ।‘आफ्ना पेसागत हकहित र सुरक्षा सँगसँगै आफ्ना आज्ञापालक विद्यार्थीको भविष्य एवं प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसात गर्दै पेसागत उत्तरदायित्वकै रूपमा उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही सदा झै सहयोग र सहभागिताका लागि राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट पुनः नेपाल शिक्षक महासङ्घ, विद्यालयका प्रधानाध्यापक तथा समग्र शिक्षक वर्गसँग हार्दिक अनुरोध गरिन्छ, साथै सम्पूर्ण विद्यार्थीहरूलाई परीक्षा तयारीका लागि धैर्यताका साथ निरन्तर लाग्न अनुरोध गर्दै यस सम्बन्धमा अभिभावक तथा अन्य सम्बन्धित सरोकारवाला पक्षबाट समेत समन्वय र सहयोगको अपेक्षा गरिन्छ,’ सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा