२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने

९ बैशाख २०८२, मंगलवार २१:२१

काठमाडौँ । वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेर वैशाख २१ गतेदेखि हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ परीक्षा सार्ने निर्देशन दिएपछि वैशाख २१ गतेदेखि गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

अध्यक्ष शर्मा र शिक्षा सचिव दीपक काफ्ले मंगलबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। सोही भेटमा परीक्षा केही दिन सार्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आलोपालो गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। सरकारले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सकेको छैन।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाइसकेकी छन्।

शिक्षकहरूका माग सम्बोधनका लागि विभिन्न प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेकी मन्त्री भट्टराईले अर्थ मन्त्री विष्णु पौडेल र प्रधानमन्त्री ओलीको साथ नपाउने देखेपछि राजीनामा दिएकी थिइन्।

कक्षा १२ कै परीक्षाका सन्दर्भमा छलफल गर्न मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेको थियो।

शिक्षकहरू विद्यालय नफर्किने अवस्था बनेका खण्डमा निजामती कर्मचारीलाई परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्नुपर्ने पक्षमा बोर्ड थियो।

तर अध्यक्ष शर्मा र शिक्षा सचिव काफ्लेले प्रधानमन्त्री ओलीलाई भेटेपछि परीक्षा सार्न निर्देशन दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…